अपडेट 
२०७७ फाल्गुन ९, आईतवार ०८:१२

गौर । नेकपा ओली समूहका नेता एवं शहरी विकास मन्त्री प्रभु साहलाई गृहजिल्ला रौतहटमा पार्टी कार्यकर्ताहरुले कालो झण्डा देखाएका छन् ।

रौतहट जिल्लाको बौधिमाई नगरपालिका अन्तर्गत सरमूजवामा नव निर्मित स्वास्थ्य चौकी भवनको उदघाटन गर्न पुगेका मन्त्री साहलाई नेकपाका माधव प्रचण्ड समूहका कार्यकर्ताहरुले कालो झण्डा देखाउँदै विरोध गरेका हुन् । फागुन ६ गते उद्घाटन गर्न भनिएको उक्त भवनको शनिवार दोस्रो पटकमा मन्त्री साहले उदघाटन गरेका हुन् । पहिलो दिन भवनमा नेपाल दहाल समूहका कार्यकर्ताहरुले ताल्चा लगाई दिए पछि मन्त्री साह उद्घाटन गर्न गएका थिएनन् । कार्यक्रम हुने अवस्था नदेखेपछि मन्त्री साह गुजरा पुलको उदघाटन गरेका थिए । रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने सरमूजवा गाउँमा शहरी विकास मंत्रालयका सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय पर्सा वीरगंजद्वारा निर्माण गरिएको स्वास्थ्य चौकी भवनको उदघाटन कार्यक्रम असफल बनाउनको लागि प्रचण्ड नेपालका कार्यकर्ताहरु बाटो अवरुद्ध गरेपछि मन्त्री साह पछाडिको बाटो भएर निर्माण स्थलमा गएर भवनको उदघाटन गरेको नेकपाका कार्यकर्ता धर्मेन्द्र यादवले जनाए । प्रतिगमनकारी सरकारको मन्त्री प्रभु साहले प्रहरी प्रशासनको बलमा भवन उदघाटन गरेको टिप्पणी गरेको छ ।

प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमंत्री केपी शर्मा ओलीको चर्को विरोध गर्ने साह सत्ता र पदको लोभमा ओली सरकारको मन्त्री भएको भन्दै आलोचना गरेका छन । सत्ता र स्वार्थको लोभी मन्त्री साहको विरुद्ध नेकपाका कार्यकर्ताहरुले कालो झण्डा देखाई चर्को नारावाजी समेत गरेका हुन् । विरोधका विच भवन उदघाटन गरेका मन्त्री साहले परोहा नगरपालिका वड़ा नम्बर ३ तेजापाकड़मा नेकपा क्षेत्रीय कमिटीले आयोजना गरेको क्षेत्रीय कार्यकर्ता भेलामा सहभागी भएका थिए । भेलामा सम्वोधन गर्दै मन्त्री साहले चुनाव हुन नदिने भन्नेहरु चुनावमा पराजित भएर पदको लालसा राखेको बताए । नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमंत्री माधव कुमार नेपाल प्रति लक्षित गर्दै मन्त्री साहले संघर्षको बेला राजाको पाउमा दाम चढाउनेहरु तथा स्वतन्त्र न्यायपालिका माथि दवाव सृजना गर्ने लाई निरुत्साहित गर्नु पर्ने बताए । लोकतन्त्रबादीहरु चुनावबाट कहिले पनि भाग्न नसक्ने दावी गर्दै निर्धारित समयमा निर्वाचन हुने भएकोले निर्वाचनमा सहभागी हुनको लागि अघि बढ़न कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् ।

Comment


Related News

Latest News

Trending News