अपडेट 
२०७७ फाल्गुन ९, आईतवार १९:०९

नेपालमा आइतबार थप ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा.जागेश्वर गौतमले थप ८० जनामा कोरोना भाइरस पुष्टि भएको जानकारी दिनुभएको हो । नयाँ थपिएकासंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ४५१ पुगेको उहाँले बताउनुभयो । त्यस्तै थप १२१ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा २ लाख ६९ हजार ८७६ जनाले कोरोना जितेका छन् । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान नगएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो । हालसम्म नेपालमा दुई हजार ६१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । हाल नेपालमा १४ सय ९४ जना आइशोलेशन र ६८ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २१ लाख ३९ हजार ६३४ वटा पिसिआर परक्षिण गरिएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News