अपडेट 
२०७७ फाल्गुन ९, आईतवार १९:४९

मुख्यमन्त्री लालबाबु राउत गद्दीले  आफुलाई सबै भन्दा प्यारो भाषा लाग्ने गरेको बताउनु भएको छ ।उहाले भोजपुरी भाषा आफुलाई आमाको दुध जस्तै प्यारो भएको बताउनु भयो ।

भोजपुरी प्रतिष्ठान वीरगञ्जले आयोजना गरेको बहुभाषिक कवि सम्मेलन एवं प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले मातृ भाषा जस्तो स्वाद अरु भाषा बोल्दा नआउने बताउनु भयो । वीरगञ्ज महानगरपालिकाले भोजपुरी प्रतिष्ठानका लागि निर्माण गर्न लागेको ४ तले भवनको शिलान्यासमा बोल्दै मुख्यमन्त्री राउतले अन्य भाषालाई डेरीको दुध जस्तै भएको बताउनु भयो । उहाले आफ्नो भाषा, सँस्कृति, कला, भेष भुषाको संरक्षणमा संरक्षणमा सोही समुदाय अग्रसर हुनुपर्ने बताउनु भयो । ‘भोजपुरी भाषामा जस्तो शब्दको भण्डार अन्यभाषामा छैन, कतिपय भोजपुरी शब्द अन्य भाषामा उल्था गर्न सकिँदैन । सँस्कृति, व्याकरण, कला र साहित्य छ । भोजपुरी, मैथली, अवधी भाषा राज्यको प्राथमिकतामा कहिल्यै परेन ।’ मुख्यमन्त्री राउतले भने ‘ राज्यले त भोजपुरी भाषा, साहित्य, कला सँस्कृतिलाई कसरी अगाढी बढाउने सोचेन, हामीले पनि महत्व दिएनौं ।’ कुनै समुदायको ईतिहास मेटाउनु छ, भने भाषा सँस्कृति र कलालाई खत्तम पारिने गरेको बताउँर्दै उहाले नेपालमा पनि खस भाषा बाहेक अन्य भाषाप्रति राज्यको दृष्टिकोण ठिक नरहेको आरोप लागाउनु भयो  ।

मुख्यमन्त्री गदीले प्रदेशमा बोलिने सबै भाषा, सँस्कृति, कला साहित्यको संरक्षणका लागि प्रादेशिक संरचना बनाउने र वीरगञ्जमा भोजपुरी साहित्यका भिष्म पितामहको रुपमा परिचित पंडित दिपनारायण मिश्रको सालिक बनाउन आफुले सकदो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । महानगरपालिकाले नै भोजपुरी साहित्यकार उमाशंकर द्विवेदी संयोजकत्वको ९ सदस्यीय भोजपुरी प्रतिष्ठान वीरगञ्ज गठन गर्दै प्रतिष्ठानको भवन निर्माण तथा कार्यक्रमका लागी ५० लाख रुपैयाँ छुट्ट्याएको छ । त्यसका लागि वीरगञ्ज महानगरपालिकाले ‘भोजपुरी प्रतिष्ठान ऐन’ नै जारी गरेको छ ।

शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले आफ्नो भाषामा कृति लेखेर प्रसिद्ध साहित्यकारहरु विश्वमञ्चमा परिचित भएको बताउँदै हिनताबोधबाट माथि उठेर राष्ट्रिय, अन्तराष्ट्रिय मञ्चमा भोजपुरी भाषामा नै आफ्ना एजेन्डा राख्नुपर्नेमा जोडदिदै आएको धारणा व्यक्त गर्नुभयो  । जसपाका नेता लक्ष्मणलाल कर्णले नेपाली भाषीहरु शासन सत्तामा रहेर भोजपुरीलाई दवाएर राखेको बताउनु भयो ।जसपाका केन्द्रिय सदस्य एवम सांसद प्रदिप यादवले भोजपुरी गीत संगितमा बढदै गएको विकृतिहरुलाई हटाउन पर्ने आवश्यकता रहेको बताउनु भयो ।   भोजपुरी भाषालाई सर्व स्वीकार्य, कामकजी भाषा बनाउन, विद्यालयमा पठनपाठन गराउन तथा कला, भाषा साहित्यको सम्बद्र्धनमा प्रतिष्ठानले काम गर्ने महानगरका नगर प्रमुख विजय कुमार सरावगी बताउँछन् । प्रतिष्ठानका लागि डिपिआर अन्तिम चरणमा रहेको बताउँदै उनले सबैको सहयोगले प्रतिष्ठानलाई अघि बढाउने आश्वासन दिए । भोजपुरी साहित्यकार पण्डित मिश्रको स्मृतिमा १ लाख नगद सहितको अन्र्तराष्ट्रिय पुरस्कारको समेत आईतबार घोषणा गरिएको छ ।   प्रतिष्ठानका अध्यक्ष द्विवेदीले हिन्दी, नेपाली भन्दा भोजपुरी भाषा निकै पुरानो भाषा भएको बताए । कविरदासले भोजपुरीमा कविता लेख्ने गरेको बताउँदै उनले नेपालमा नेपालीलाई स्थापित गर्न राज्यले भोजपुरी, मैथली र अवधी भाषालाई दवाएर राखेको बताए ।

प्रतिष्ठानका लागि वीरगञ्ज महानगरले वडा नं ८ रेल्वे रोडमा १ हजार वर्ग फिटको जमिन उपलब्ध गराएको छ । जसमा प्रतिष्ठानको तीन तल्ले भवन  बनाउन लागिएको छ । भवनको भूँई तला व्यवसायिक प्रयोजनमा भाडामा लगाउने, पहिलो तल्लामा आधा भागमा प्रतिष्ठानका पदाधिकारी कक्ष, विभिन्न विभाग र बैठक हल, दोस्रो तल्लामा ३ हजार ४ सय वर्गफिटको हल र तेस्रो तलामा नाट्य,संगित, कला सम्बन्धित संरचना रहने गरि डिपिआर तयार भईरहेको प्रतिष्ठानका सदस्य रितेश त्रिपाठीले जानकारी दिए । अन्र्तराष्ट्रिय मातृभाषा दिवस २०२१ को अवसरमा प्रतिष्ठानले वीरगञ्जमा कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा कवि बिक्रम साह (भोजपुरी), बिकाऊ गिरी विनित (हिन्दि), अनिता साह (भोजपुरी), स्मृति भुषाल (नेपाली)ले कविता सुनाएका थिए । भने भोजपुरी गायक एवं चित्रकार अजमत अलिले ‘साईकल सवारी’ बोलको गीत गाएका थिए । 

Comment


Related News

Latest News

Trending News