अपडेट 
२०७७ फाल्गुन १०, सोमबार ०७:२५

प्रदेश २ को नवनियुक्त प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ आइतवार कार्यभार सम्हालेका छन् ।उनी साँझ जनकपुरधाम आइपुग्दा विमानस्थलमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को युवा संघका केन्द्रिय उपाध्यक्ष सञ्जिव झा सहितका युवाहरुले १सय १ किलो फुलका माला लगाएर स्वागत गरे ।

युवाहरुको टोलीले उनलाई स्वागत गर्न मोटरसाइकल सहित विमानस्थल पुगेका थिए ।उनीहरुले झालाई कार्यालयमा हाजिरगर्दा बधाई तथा शुभकामना दिएका थिए । प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश प्रमुखलाई बहिष्कार गर्ने अभिव्यक्ति दिएपनि उनकै मन्त्रालयका राज्यमन्त्री सरोज सिंह कुशवाहा झाको स्वागतमा विमानस्थल पुगेका थिए । हुनत राज्यमन्त्री कुशवाहालाई औपचारिकता पुरा गर्न मात्र प्रदेश सरकारले पठाएको टिप्पणी हुन थालेकोछ ।झालाई प्रदेश प्रमुख भन्दा नेकपाओली)समुहका कार्यकर्ताको रुपमा प्रचारित गरिएकोछ । मुख्यमन्त्री लालबाबु राउतले झालाई बिहान उनकै निवासमा स्वागत गर्ने बताइएकोछ ।उनले प्रदेश प्रमुखको बिरोध गर्ने कुनै कार्यक्रम अथवा सोंच नरहेको बताउँदै प्रदेश सरकारले संविधानको पालना गर्ने बताए ।

पहिलो पटक प्रदेश प्रमुख जनकपुरधाम आउँदा विमानकै नजिक पुगेर प्रदेश सरकारको तर्फबाट स्वागत गरिन्थ्यो । प्रदेश सरकारले अतिथि स्वागतका लागि कुनै मापदण्ड(प्रोटोकोल) बनाएको छ्रैन् ।विमानस्थलको विशिष्ट कक्षमा झालाई कुशवाहाले स्वागत गरेका थिए । राजनीतिक रुपमा झाको नियुक्ती नै विवादाष्पद बनेपनि विमानस्थलमा भने प्रदेश २ का प्रमुख सचिव, सचिव, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरु लगायतका उच्च अधिकारीहरुले स्वागत गरेका थिए । झाको नियुक्तीलाई सत्तारुढ दल नेकपा(ओली)समुहको प्रभावशाली एउटा गुटले बिरोध गरेकोछ ।समाजिक सञ्जालमा लेखेकै भरमा प्रदेश प्रमुख जस्तो गरिमामय पद झालाई दिन नहुने बताउँदै पार्टीका अनुभवी नेतालाई दिनुपर्ने तर्क गरिरहेका छन् । संघीय सरकारले प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्तगरि झालाई नियुक्त गरेको हो ।

बर्खास्त गरिएको बिरोधमा परियार अदालत जाने तयारी गरेका छन् । प्रदेश प्रमुख झाले शिरमा देश र मनमा मधेश राखेर काम गर्ने बताउँदै प्रदेश सरकारबाट स्वागत नहुँदा संस्कारको कमि भएको संकेत गरे ।प्रदेश प्रमुखको अधिकार र कर्तव्यलाई संविधानले प्रष्ट व्याख्या गरेपनि झाले पदभार ग्रहण गर्ने क्रममा प्रदेशको विकास, संस्कार, समावेशिता लगायतको क्षेत्रमा सुधार गर्ने नेता जस्तै भाषण गरे । प्रदेश प्रमुख झालाई प्रदेश सरकारले नरुचाएको प्रष्ट भएको छ ।सर्वोच्च अदालतमा विचाराधिन संसद विघटन सम्बन्धी मुद्दाको फैसला आएपछि प्रदेश प्रमुखको शक्ति बढने अथवा कमजोर हुने प्रष्ट हुनेछ ।

Comment


Related News

Latest News

Trending News