अपडेट 
२०७७ फाल्गुन १०, सोमबार ०९:२१

मेक्सिकोमा सैन्य विमान दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।

स्थानीय समयअनुसार दक्षिणपूर्वी राज्य भेराक्रुजमा वायु सेनाको विमान हिजो बिहान दुर्घटनामा परेको हो । एमिलियानो जापाटाको एयरपोर्टबाट विमानले उडान लिने क्रममा दुर्घटना भएको मेक्सिकोको सरकारी अधिकारीले बताएका छन् । विमान दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुलिनसकेको त्यहाँका रक्षामन्त्रीलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । विमान दुर्घटना हुनुको कारण खुलेको छैन । घटनाको अनुसन्धान थालिएको रक्षा मन्त्रालयले जनाएको छ । 

Comment


Related News

Latest News

Trending News