अपडेट 
२०७७ फाल्गुन १०, सोमबार १२:४६

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध दायर भएको अवहेलना मुद्दाको आज पेशी तोकिएको छ ।

प्रधानमन्त्रीका तर्फबाट बारेस राख्ने अनुमतिका लागि निवेदन दिएपछि मुद्दा पेशीमा चढेको हो । फागुन ६ गते प्रधानमन्त्री ओली अवहेलना मुद्दामा जवाफ लिएर आफै सर्वोच्च उपस्थित हुनुभएको थियो । न्यायाधीश पुरुषोत्तम भण्डारी र प्रकाशकुमार ढुंगानाको इजलाशमा पेशी रहेको छ । सर्वोच्चले प्रधानमन्त्रीलाई वारेस राख्ने अनुमति दिनेछ । वरिष्ठ अधिवक्ता कुमार आचार्य र कञ्चनकृष्ण न्यौपानेको निवेदनमा सुनुवाइ गर्दै अदालतले आफै उपस्थित भएर जवाफ दिन भनेको थियो ।

न्यायाधीश मनोज शर्माको इजलाशले आफै उपस्थित हुन आदेश गरेपछि प्रधानमन्त्री ओली सर्वाेच्च पुगेर जवाफ दिनुभएको थियो । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन मुद्दामा पटक–पटक अभिव्यक्ति दिएको तथा कानुन व्यवसायीलाई होच्याएको र इजलासमा भइरहेको बहसलाई ‘तमासा’ भनी टिप्पणी गरेको भन्दै अवहेलना निवेदन दायर भएको थियो ।

ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरी ‘बाजे वकिललाई सर्वोच्च लगेर तमासा’ देखाएको टिप्पणी गर्नुभएको थियो ।

Comment


Related News

Latest News

Trending News