अपडेट 
२०७७ फाल्गुन ११, मंगलवार १३:१५

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई अस्पताल भर्ना हुनुभएको छ ।

भट्टराई केही दिनअघि पत्नी हिसिलासहित उपचारका लागि नयाँ दिल्ली जानुभएको थियो । भट्टराई दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना हुनुभएको हो । उहाँलाई मंगलवार विहान ९ बजे भर्ना गरिएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिनुभएको छ । आज दिनभर भट्टराईलाई अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिने पनि पाण्डेले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News