अपडेट 
२०७७ फाल्गुन १२, बुधबार ०७:५१

जलेश्वर । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कामचलाउ सरकारले असंवैधानिक तरिकाले नियुक्ती गर्दै हिडेको आरोप लगाएका छन् ।

महोत्तरीको मटिहानी नगरपालिकामा नवनिर्मित कलात्मक घण्टाघरको उद्घाटन गर्दै अध्यक्ष यादवले संसद विघटन भइ निर्वाचनको मिति समेत घोषणा भइसकेको अवस्थामा नियुक्ती गरेर असंवैधानिक काम गरिरहेको बताए । आउँदो बैशाख १७ र २७ गते निर्वाचन नहुने दावी उनले गरे । केपी ओलीले स्वेच्छाचारी तरिकाले सरकार संचालन गरेर तानाशाह प्रवृत्ति देखाएको उनको भनाइ थियो । संघीयता, गणतन्त्र, धर्मनिरपेक्ष, समावेशी नपचेर ओलीले संसद विघटन गरेको दावी अध्यक्ष यादवले गरे । संसद विघटनको प्रावधान संविधानमा छैन, उनले भने– ‘तर, कही नभएको जात्रा केपी ओलीले गरिरहेका छन् ।’ त्रुटीपूर्ण रहेपनि अहिले संविधानको प्रतिरक्षा गर्न सडकमा आउनुपरेको छ, उनले भने–‘संघीयता, गणतन्त्र, समावेशितालाई संविधानले सम्बोधन गरेको छ ।’ संघीयतामा गइसकेपछि मुलुकमा आर्थिक क्रान्ति हुने अपेक्षा गरिएपनि करिब दुई तिहाई बहुमतको सरकारले मुलुकलाई संकेटतिर धकेलेको उनले टिप्पणी गरे । विश्वमा कतै पार्टीको आन्तरिक विवादको कारण संसद विघटन भएको इतिहास छैन, उनले भने–‘तर, हाम्रो यहाँ आन्तरिक विवादले संसद विघटन हुन्छ ।’

कोरोनाका कारण अर्थतन्त्र रुग्न बनिसकेकोप्रति सरकार गंभिर नभएर अध्यादेश र नियुक्तीमा व्यस्त भएको उनले थपे । कोरोनाका कारण धाराशायी बनेको अर्थतन्त्रलाई उकास्न साढे ६ खर्ब रुपैयाँको आवश्यक्ता अर्थविद्हरुले औल्याएका छन् । तर, यसतर्पm सरकारको ध्यान नगएको आरोप उनले लगाए । सरकारले सीमानाका खुला गर्न चासो नलिनुलाई उनले दुर्भाग्यपूर्ण बताए । बेटीरोटीको सम्बन्ध मात्रै छैन, उनले भने–‘आर्थिक, सांस्कृतिक, रीतिरिवाज पनि जुडेको छ ।’ दुवै मुलुकको संवेदनशिलतालाई बुझेर तत्काल सीमानाका खोल्न पहल गर्नुपर्ने माग उनले गरे । बाँसको ढाट लगाएर कोरोना रोकिन्छ, उनले भने–‘बोरामा भरेर कोरोना आउँछ की यसतर्पm चासो नलिएको आरोप मुख्यमन्त्री राउतले लगाए । नेपाल–भारत बीच अटुट सम्बन्ध रहेको जिकिर गर्दै यसलाई कुनै सरकारले तोड्न नसक्ने दावी उनले गरे । तत्काल सीमानाका खुला गरेर दुवै देशका नागरिकलाई आवतजावत सहज गरिदिनुपर्ने धारणा उनको थियो । थोरै मात्रामा दैनिक उपभोग्य वस्तु ल्याउने सर्वसाधारणलाई प्रहरी प्रशासनबाट दुखः दिने कार्य प्रदेश सरकारले स्वीकार्य नगर्ने मुख्यमन्त्री राउतले स्पष्ट पारे । ३५ लाखको लागतमा मटिहानी नगरपालिका वडा नं. ८ मा कलात्मक घण्टाघर निर्माण गरिएको छ ।

नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको घण्टाघरमा अति आधुनिक उपकरणहरु जडान गरिएको छ ।

Comment


Related News

Latest News

Trending News