अपडेट 
२०७७ फाल्गुन १२, बुधबार ०७:५९

कलैया । रेलमार्ग पीडित सरोकार समिति निजगढले मंगलबार बाराका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई बस्तीबाट रेलमार्ग निर्माण नगर्न ज्ञापनपत्र बुझाएका छन् ।

मेची–महाकाली रेलमार्गको डिपिआर तयार गर्न निजगढ–हेटौडा–भरतपुर खण्डको सर्बे गर्ने क्रममा निजगढ नगरपालिका क्षेत्रभित्र घना मानवबस्ती, धार्मिक तथा ऐतिहासिक स्थल र उद्योगसहित खेती योग्य उर्वरभूमी समेत विनाश हुने गरी रेल मार्गको सर्भे भएको हुदा त्यसो नगर्न प्रमुख जिल्ला अधिकारी नेपाललाई ज्ञापनपत्र बुझाएको रेलमार्ग पीडित सरोकार समितिका संयोजक जतिलाल श्रेष्ठले जानकारी दिए । रेल विभागले हालगरि रहेको सर्बे अनुसार रेल मार्ग निर्माण हुने हो भने, निजगढको पहिचान नै गुम्ने अवस्था उत्पन्न हुने देखिएकोले निजगढ बासीले यस अघि हुदै गरेको सर्बे कार्यलाई अवरोध गर्दै रोकेको थियो । निजगढ नगरपालिकाको समन्वयमा नगरपालिकामा प्रभावित क्षेत्रका सरोकारवाला स्थानीयबासी, जनप्रतिनिधि, रेल विभागकासिनियर डिभिजन इन्जिनियर सहितको प्राविधिक टोली, कर्मचारी र परामर्शदाता बिच भएको छलफलमा विभिन्न विकल्पहरु माथि छलफल गरी निजगढ नगर क्षेत्रको विनाश नहुने गरी निजगढ नगरपालिकाको प्राविधिक समेत सहभागी गराई स्थानीयबासिन्दा बिच समन्वयगरि रेल मार्गको सर्भे गर्नु पर्ने सहमति पनिभएको थियो ।

सहभागी स्थानीयहरुले बकैया खोलापारी पश्चिम किनारबाट सो रेल मार्ग निर्माण गर्नका लागि पलह गरिदिन प्रजिअ नेपाललाई ज्ञापनपत्र मार्फत आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले मानवबस्ती भएर खेतीयोग्य जमीन लगायत अन्य ऐतिहासिक पुरातात्विक महत्वका क्षेत्र, संरचनाहरुलाई कुनै समस्या नआउने गरि रेलमार्ग बनाउन सरोकारवाला निकायहरु संग पहल गर्ने बताए । यस अघि रेलमार्ग सरोकार समिति निजगढले निजगढ नगरपालिकालाई पनि ज्ञापनपत्र बुझाईएको रेलमार्ग पीडित सरोकार समितिका सहसंयोजक विष्णु खड्काले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News