२०७७ फाल्गुन १२, बुधबार १४:१९

निर्वाचन आयोगले प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलापछि निर्वाचन कार्यक्रम स्थगित गरेको छ ।

निर्वाचन नै नहुने भएपछि निर्वाचन कार्यक्रम तत्काल स्थगित गर्नुपरेको आयोगले जनाएको छ । यस्तै निर्वाचन आयोगले प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलापछि निर्वाचन प्रयोजनका लागि नेपाल कम्युनिष्ट पार्टीबारे निर्णय लिनै पर्ने दबाब घटेको बताएको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना निकाल्न नेकपा विवादबारे निर्णय लिनै पर्ने समयको चाप आफूहरूमा रहेकोमा अब त्यो हटेको बताए।

उनले धारा ४५ अनुसार परेका निवदेनमाथि पनि आयोगले निर्णय लिने बताए । निर्वाचन प्रयोजनका लागि सामान्यबाहेक ठूलो कुनै पनि खर्च नरहेको उनको भनाइ छ।

Comment

Related News

Latest News

Trending News