अपडेट 
२०७७ फाल्गुन १२, बुधबार १५:२६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्दै तोकेको समयभित्रै संसद्को बैठक बोलाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निबास बालुवाटारमा बुधबार बसेको सो पक्षको स्थायी कमिटी बैठकले अदालतको फैसला स्वीकार्दै तोकेको समयभित्रै संसद्को बैठक बोलाउने निर्णय गरेको हो । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई मंगलबार बदर गरेको थियो । ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको आदेश अनुसार १३ दिन भित्र नै संसद् बैठक बोलाउने बताउनुभयो । समग्र परिस्थितिको छलफल गर्न छिट्टै पार्टीको केन्द्रीय कमिटी बैठक र संसदीय दलको बैठक बोलाउने पनि ज्ञवालीले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिने बिषयमा भने उहाले प्रधानमन्त्रीले जे गर्दा देशको लागि सबैभन्दा उपयुक्त हुन्छ सो कदम चाल्ने धारणा राख्नुभयो । बैठकले देशका विभिन्न ठाउँमा यसअघि निर्धारण गरिएका कार्यक्रमहरूलाई निरन्तरता दिने पनि निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । नेकपा ओली पक्षको स्थायी कमिटी बैठक बिहीबार पनि बस्ने भएको छ ।

Comment


Related News

Latest News

Trending News