अपडेट 
२०७७ फाल्गुन १३, बिहीबार ०८:३२

नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक बोलाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका हुन् । दिउँसो ३ बजे सभापति देउवा निवासमा बस्ने पदाधिकारी बैठक प्रतिनिधि सभा पुनःस्थापना भएको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्द्रित हुने नेताहरुले बताएका छन् । यसअघि, बुधबार नेकपाका प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले देउवालाई भेटेका थिए । उनीहरुले नयाँ गठबन्दन बनाएर अगाडि बढ्न आग्रह गरेपछि देउवाले छलफलका लागि पदाधिकारी बैठक बोलाएका हुन् ।

प्रचण्ड–माधव नेपालले देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन् । यसबारे देउवाले पार्टीमा आन्तरिक छलफलपछि मात्रै निर्णय गर्ने बताएका थिए । आजको बैठकमा यसबारे पछि छलफल हुने नेताहरुले बताएका छन् ।

Comment


Related News

Latest News

Trending News