अपडेट 
२०७७ फाल्गुन १३, बिहीबार १९:०१

प्रदेश नं २ भौतिक योजना मन्त्री जितेन्द्र सोनलले प्रदेशको नामाकरण र राजधानीको विषयमा सवै दल एक हुन आह्वान गरेका छन ।

मैथिली विकास कोषको भवन शिलान्यास कार्यक्रमममा विहिवार सम्वोधन गर्दै मन्त्री सोनलले प्रदेश सरकारले यति लामो समय सम्ममा पनि नामाकरण र राजधानीको टुंगो लगाउन नसक्नुमा सबै राजनीतिक दलको फरक फरक धारणा रहेकोले यस विषयमा एक मत हुन आग्रह गरे । उनले भने,म भोजपुरी भाषी छु तर आफनो पनि धारणा प्रदेशको राजधानी जनकपुरधामनै बनोस भन्ने चाहना रहेको छ , नामाकरणको विषयमा मधेश नामलाई तानतुन गर्ने काम नगरि मधेश नाममा सहमती जुटाउनु पर्ने आवश्यकता छ । प्रदेश नं २ मधेश नामले नै चिनिएकोले मिथिला भोजपुराको अवधारणा ल्याएर यस प्रदेशमा रहेका अन्य भाषाभाषीको सम्वेदना संग खेलवाड गर्न नहुने मन्त्री सोनलले वताए ।

अर्को प्रसंगमा उनले प्रदेश सरकारले वितेको तीन महिनामा के विकास गरयो भन्ने टिप्पणी गर्नुभन्दा कस्तो विकासको कार्यक्रम ल्यायो त्यो वुझनु आवश्यक रहेको वताए । यस प्रदेशमा सवैभन्दा पिछडीएको दलित समुदायलाई शिक्षामा पहुच वनाउनका लागि महत्वपुर्ण कार्यक्रम ल्याएको वताउदै उनले जेष्ठ नागरिकको व्यवस्था देखि लिएर ग्रामीण क्षेत्रमा अभाव रहेको दलानलाई समेत प्राथमीकता मा ल्याएको र कृषिलाई अगाडी बढाउन महतवपुर्ण काम गरेको वताए ।

उनले मैथिली विकास कोषलाई प्राज्ञिक संस्थाको रुप्मा विकास गर्नका लागि आफुले पहल गर्ने समेत प्रतिवद्धता जनाएका थिए । लगभग तीन करोडको लागतमा निमार्ण हुन लागेको जनकपुरधाम उपमहानगरपालिका वार्ड नंं ८ स्थित सीता कुण्डको जग्गामा मैथिली विकास कोषको निमार्ण सुरु गरिएको छ । कोषका अध्यक्ष जिवनाथ चौधरीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्यहरु रामसरोज यादव,शत्रुधन महता,वरिष्ठ साहित्यकार राजेन्द्र विमल तथा कोषका पदाधीकारीहरुको उपस्थिती रहेको थियो ।

Comment


Related News

Latest News

Trending News