अपडेट 
२०७७ फाल्गुन १४, शुक्रबार ०७:४०

नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृत घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार अधिकृतलाई पक्राउ गरेको हो ।आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत सरोज सुवेदीलाई दुई लाख घुसको रकमसहित विराटनगर–३ दूधफारम अगाडिबाट पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो । कारवाही परी बन्द गरिएको फार्मेसीको मुद्दा मिलाइदिने भन्दै घुस लिने क्रममा घुस रकमसहित आयोगको ‘स्टिङ अपरेसन’ बाट पक्राउ गरिएको हो । करारका कर्मचारी रहेका सुवेदी विगत डेढ वर्ष अगाडि विभागको विराटनगर कार्यालयमा आएका हुन् ।

https://www.youtube.com/watch?v=WXZIK0dtLeU&t=83s

Comment


Related News

Latest News

Trending News