अपडेट 
२०७७ फाल्गुन १४, शुक्रबार ०८:०२

पूर्वराष्ट्रपति डा.रामबरण यादवले लोकतन्त्र, संघीयता र समावेशिमा विश्वास गर्नेको जित भएको बताएका छन ।

अदालतले लोकतान्त्रिक संविधानलाई बचाएको छ , डा.यादवले भने, मुलुकमा लागेको ग्रहणलाई अदालतले संविधान अनुसार हटाएको छ । संविधानलाई बचाउने अदालतलाई नमन गरी सम्मान गर्न चाहन्छु ।’ संविधान र लोकतन्त्रको रक्षाका लागि अदालतले आफनो धर्म निर्वाह गरेको छ, उनले भने । नेपाली काँग्रेस जिल्ला कार्यसमिति धनुषाले जनकपुरमा बिहीबार आयोजना गरेको महेन्द्र नारायण निधिको ९९औ जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै डा. यादवले प्रतिनिधि सभा विघटन बदरपछि ४÷५ चरणमा सरकार गठन प्रयासपछि मात्र मुलुकमा निर्वाचण हुने बताए । डा. यादवले लोकतन्त्र रक्षा गरी संविधान कार्यान्वयकालागि अदालत र निर्वाचन आयोग निश्पक्ष हुनु पर्ने बताए । संवैधानिक निकायमा राजनीति बाँडफाँट बन्द गरी विज्ञलाई प्राथमिकतामा राखेपछि मात्र संवैधानिक निकाय निश्पक्ष हुने उनले बताए । राजनीति भित्र चिरा परेको लोकतन्त्र बलियो भने सम्म मुलुकमा लोकतन्त्र कार्यान्वयन नहुने बताए छन् । पूर्व राष्ट्रपति डा. यादवले राजनीति दल बिधि र प्रक्रिया अनुसार नचलेर चिरा परेकोले मुलुकमा समस्या आएको बताए ।

राजनीतिक पार्टीहरु आफ्नो विधानअनुरुप नचलेकै कारण नेपालमा लोकतन्त्रमाथि आघात पुगिरहेको उनले बताए । राष्ट्रपति यादवले सम्पूर्ण राजनीतिक दललाई लोकतन्त्र मजबुद बनाउनका लागि विधिविधान अनुसार अगाडि बढ्न आग्रह गरे । जसरी निधिले एउटै विचारलाई समातेर जीवनपर्यन्त लडिरहे त्यस्तै अगाडी बढिरहे भने पक्कै पनि नेपालको लोकतन्त्र समृद्ध हुने विश्वास उनले व्यक्त गरे । लोकतन्त्रमाथि पटकपटक प्रहार हुँदै आइरहेको छ, यादवले भने, वर्तमान समयमा कुनै पनि दल पार्टी विधानअनुरुप चल्न सकेको छैन, चाहे त्यो नेपाली कांग्रेस होस् वा कम्युनिष्ट पार्टी र मधेशवादी दल नै किन नहोस् । उनले थपे पार्टी विधिविधानअनुसार चलेन भने लोकतन्त्रको जग कमजोर हुँदै जान्छ । डा. यादवले नेपालको राजनीति दलमा आर्थिक अनुशासन नभएको टिप्पणी गरे । काग्रेस, नेकपा र मधेशबादी दल सहित कुनै पनि दलमा आर्थिक अनुशासन नभएको उनले आरोप लगाए । पछिल्लो सय वर्ष यता सैनिक शासन, साम्यवाद, लोकतन्त्रको क्रममा हुकुमी शासनमा जेल परेपनि एउटै बिचारको राजनीति गर्ने गान्धिवादी नेता महेन्द्र नारायण निधिको कार्यकर्ता र डाक्टर भएर काम गर्ने सम्झना सुनाउदै राजनीतिका नयाँ पुस्ताले निधिको जिवनी अवलम्वन गर्न सुझाव दिए ।

कार्यक्रममा प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायवादी कदमपछि मुलुक ३ वर्षपछाडि धकेलिएको बताए । उनले मुलुकलाई ३ वर्षपछाडि धकेलिएकोले नेपाली जनता

Comment


Related News

Latest News

Trending News