अपडेट 
२०७७ फाल्गुन १४, शुक्रबार ११:२३

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्र्तगत जनकपुरधाममा भई रहेको विकास निर्माण कार्यको आज विहान अनुगमन गरिएको छ ।

उप–महानगरको वडा ४ तथा ७ र ८ मा भई रहेको सडक तथा नाला निर्माणको आज विहान जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साह, उप मेयर रीता झा, प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार ढकाल, वरिष्ठ इन्जिनियर वीरेन्द्र यादव, इन्जिनियर अमर साह, कन्सल्टेन्ट तथा ठेक्केदार कम्पनीका प्रतिनिधिहरुले अनुगमन गरेका छन् । अनुगमनको क्रममा सडकमा देखिएको कमीकमजोरीलाई सुधार गर्दै अगाडी बढ्नकालागि मेयर साहले निर्देशन दिएका थिए । निर्माण भई रहेको सडकमा भूमिगत ढल निकासको व्यवस्था गरिएको छ ।

Comment


Related News

Latest News

Trending News