अपडेट 
२०७७ फाल्गुन १५, शनिबार ०८:०४

आजको प्रशंग सुरु गरौं , चर्चित उर्दु शायर बशीर बद्रको एउटा बहुचर्चित शायरीबाट । उनले लेखेका छन् – ‘ दुश्मनी जमकर करो लेकिन ये गुंजाइश रहे । जब कभी हम दोस्त हो जाए“ तो शर्मिंदा न हों ।।’ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते संसद विघटन भएदेखि फागुन ११ गते सम्मानित सर्वोच्च अदालतको आदेशमा संसद पुर्नस्थापना भएसम्मको यस तीन महिनामा मैले यस शायरलाई पटक पटक स्मरण गरेको छु । नमन गरेको छु । अनि नांङ्गा आ“खाले हेर्दै छु – फगत क्षणिक लाभका लागी विचारसंग समझौता गर्ने , पुराना साथीहरुसंग गाली गलौजमा उत्रिने अनि लहै लहैमा परी मित्रमण्डलीबाटै वहिष्कृत हुने मेरा केही अत्यन्तै प्रिय तथा संभावनावान युवाहरुको हर्कत । मलाई भन्न मन लागेको छ – हे मेरा प्रिय भाईहरु π पार्टी छाडेर जानु ठुलो कुरा होईन । यो सामान्य घटना हो । कृप्या हृदय तोडेर नजाऊ ..। राजनीतिक आस्था व्यक्तिको निजी विषय हो । यो स्थायी हुन पनि सक्छ । नहुन पनि सक्छ ।

हामीले देखेकै विषय हो मधेसमा नेपाली कांग्रेसको मियो भनिने श्रद्धेय महन्थ ठाकुर , एमालेको मधेस बिग्रेड भनिने आदरणीय महेन्द्र राय यादव तथा मधेसका सदावहार विम्व आदरणीय हृदयेश त्रिपाठी अचेल कहा“ छन् ? प्रचण्डको जनयुद्धकालीन योद्धा प्रभु साह कहा“ छन् ? उनिहरुले पनि माऊ पार्टी परित्याग गरेर नया“ पार्टी बनाए वा नया“ पार्टीमा प्रवेश गरे । तर उनिहरु कहिल्यै पनि गाली गलौजमा उत्रेनन् । जो गाली गलौजमा उत्रे उनिहरुको हबिगत हामीले देखेकै हौं । अधिकांशलाई थाहा छ – ‘ राजनीतिमा स्थायी मित्र र शत्रु हुदैनन् । ’ तर कठै मेरा भाईहरु π पिटिक्कै बिर्सेछन् – ‘ जब कभी हम दोस्त हो जाए“ तो शर्मिना न े । ’ पार्टी परित्याग गर्ने अनेकौ कारणहरु हुन सक्छन । विचार परिवर्तन भएर । घोषित राजनीतिक अभिष्ठ पूरा भई सकेर , नेतृुत्व वर्गमा नेतृत्व क्षमता ह्रास भएर वा पद प्रतिष्ठा र अवसरको लोभमा । मैले जनकपुरमै देखेकै छु – छोरा– छोरीको एडमिशन नगराई दिएको कारण पार्टी परित्याग गरेको घटना । एडमिशन गराई दिएको कारण पार्टी प्रवेश गरेको घटना । जातीय दवावमा पार्टी परित्याग गरेको र प्रवेश गरेको घटना । पद जोगाउन पार्टी प्रवेश गरेको घटना । अनि स्थानीय प्रहरी प्रशासनसंग हेमछेम बढाउन सत्ताधारी पार्टीको नजिक बस्ने घटना । तर हेक्क राख्नु पर्ने विषय के हो भने – नेपालका अधिकांश दल कालक्रमेण सत्ताधारी र प्रतिपक्षी बन्ने गरेको छ ।

फेरी मानिसको अ–आफ्नै प्रवृति पनि हुदोरैछ । आमा बूबालाई सम्मान गर्ने छोरा समाजका बुजुग्रलाई पनि सम्मान गर्छन । आमा बूबालाई गाली गर्ने अरुलाई पनि । माऊ पार्टीमा हुंदा अर्को पार्टीका नेतालाई तथानाम गाली गर्ने अनि अर्को पार्टीमा जा“दा माऊ पार्टीका नेता,कार्यकर्ता तथा निती कार्यक्रमलाई सरोसराप गर्ने प्रवृति बारे कुनै पनि दलका शिर्ष नेताहरु जानकार हुन्छन । भन्न के खोजिएको हो भने – हाम्रा यी संभावनावान युवाहरुको चर्तिकला बारे नया“ दलका नेताहरुलाई पनि थाहै होला । मलाई सोध्न मन लागेको छ – आफैले गाली गरेका नेताहरु सामु नौमी दण्डवत गर्दा कस्तो अनुभूति गर्नु भयो महोदय ? त्यति वेला शाकाहारी ( गाली गलौज नगरेर ) विरोध गर्दा हुन्न थियो ? सम्मानित राष्ट्रपति विद्या देवी भण्डारी जानकी मन्दिर प्रवेश गर्दा गंगाजलले चोख्याउने हातहरु सोही पार्टीका नेताहरु सामु सतर्क मुद्रामा बांधिएको क्षण कस्तो अनुभव गर्नु भयो महोदय ? त्यति वेला शान्तिपूर्ण विरोध गरेको भए आज आंखा जुधाएर कुरा गर्न त सकिन्थ्यिो । सम्मानित सर्वोच्च अदालतको फागुन ११ गतेको आदेश पश्च्यात् डिरेल हुन पुगेको मुलुकको राजनीतिक व्यवस्था लिकमा आएको छ । संसद विघटनको पक्ष र विपक्षमा बाडिएका राजनीतिक दलहरुको सडक संघर्षको पटाक्षेप प्राय ः भएको छ । सबै दलहरुको ध्यान आगत संसद अधिवेशनतर्फ केन्द्रित भएको छ । अर्थात् गत ३ महिनादेखि सडकमा देखिदै आएको रमनचमन अव संसद भित्र हुनेछ ।

सरकार बनाउने र बिगार्ने खेल सुरु हुनेछ । खसी बोका झै सांसदको खरीद बिक्री हुनेछ । देशी विदेशी शक्तिहरुको चलखेल अझ सघन हुनेछ । यस तरल अवस्थामा पुनः गाली गलौजको खेल सुरु न होला भन्न सकिन्न । जस्तो सुकै विषम अवस्थामा पनि निजी सम्बन्ध बनाई राख्ने शिर्ष नेताहरुबाट छुटपुटिया कार्यकर्ताहरुले कहिले सिक्ने ? यी छुटपुटिया कार्यकर्ताहरुले के पनि हेक्का राख्नु पर्दछ भने – उनिहरु हिजो पनि नेता थिए र भोली पनि नेता नै हुने छन् तर हाम्रो हैसियत भनेको भांट ( स्वस्तीगान गर्ने ) र लठैतको मात्र हुनेछ । संभावनावान युवाहरुसंग मेरा जिज्ञासा– नेता भन्न राजनीति गर्ने कि लठैत बन्न ?? किन हो कुन्नी मलाई हिन्दीको पुरानो गीत गुनगुनाउन मन लाग्यो – चलो सुहाना भरम तो टूटा ……’

Comment


Related News

Latest News

Trending News