अपडेट 
२०७७ फाल्गुन १५, शनिबार ०८:१८

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समन्वय इकाइले प्रदेश २ लाई कृषिमा आत्मनिर्भर र आधुनिकीकरणन गर्न मुख्यबालीलाई जोन बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समन्वय इकाइ जनकपुरमा प्रदेश २ का ८ जिल्लाका समन्वय समितिका प्रमुखहरुको बैठकले धान, माछा, तरकारी, आँप खेतीलाई जोन बनाएर प्रवद्र्धन गर्ने निर्णय गरेको छ । प्रदेशको जिल्ला अनुसार प्रमुखवालीको पहिचान गरी आत्मनिर्भर र आधुनिकीकरणन गर्न २७ जोन थप्ने निर्णय भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना सम्नवय प्रमुख युगल किशोर तिवारीले बताए । परम्परागत कृषि प्रणालीमा सुधार गरेर किसान आधुनिक तरिकाबाट खेति गर्नकालागि परियोजनाको कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकले जोन कार्यक्रम बिस्तार गर्ने निर्णय भएको तिवारीले बताए । परियोजना समन्वय इकाइको बैठकले प्रदेश २ को ८ जिल्लाका प्रमुखवालीहरुको छनौट, जिल्लाका जोन÷सुपरजोनको कार्यक्षेत्र विस्तार बारे गरिएको निर्णय कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाइने उनले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ८ वटा जिल्लामा माछाको ३, धानको ४, तरकारीको ३, आप १ र दुधको १ गरी १३ वटा सुपरजोन/जोन कार्यक्रमहरू सञ्चालन भइररहेकोमा २७ वटा सुपरजोन÷जोन थपकालागि भएको निर्णय कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिफारिस गरिने तिवारीले बताए । सुपरजोन÷जोनले प्रदेश २ को कृषि क्षेत्रको उत्पादनमा वृद्धि हुने उनले बताए । प्रदेश २ मा धान खेतिको क्षेत्रफल बढी भएपनि उत्पादन र उत्पादकत्व अन्य प्रदेश भन्दा कम छ, प्रमख तिवारीले भने,‘ प्रदेशमा धानको ४ वटा जोनहरु रहेको स्थानमा आधुनिक धान खेतीले उत्पादन बढेको छ । प्रदेशमा जोन थपेर धानमा आत्मनिर्भर बन्न मदत पुग्ने छ । थप हुने जोनबाट किसानलाई आधुनिक खेती संगै अनुदान र परामर्शका लागि सहज हुने छ ।’ सुपरजोनकै कारण मुलुकमा ५५ प्रतिशत माछा प्रदेश २ बाट उत्पादन भइरहेको छ, तिवारीले भने ।आयमुलक र नाफा मुलक खेतिकालागि धान, माछा, तरकारी, गाइ–भैसी, आँप, दलहन, मकै, केरा, आलुकालागि जोन÷सुपरजोन थप्ने निर्णय गरिएको छ, तिवारीले भने, ‘परम्परा कृषिलाई परिवर्तन गरी थप भएका जोनहरुबाट सेवा सुविधाहरू प्रदान गरेर कृषिको बजारीकरणमा जोड दिइने छ ।’ सिरहा जिल्लामा माछा, भैँसी–गाई, तरकारी, सप्तरी जिल्लामा धान, माछा, आलु, धनुषामा आँप, तरकारी दलहन–तेलहन, रौतहटमा माछा, केरा तथा मकै बालीको जोन कार्यक्रम थपका लागि सिफारिस गर्ने निर्णय भएको छ ।

यसैगरी पर्सा जिल्लामा धान, माछा, गाई भैँसी, गहुँ, बारामा धान, मकै, केरा, तरकारी, महोत्तरीमा धान, आँप, दलहन तथा सर्लाहीमा तरकारी, मकै, माछा र आँपको सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिका अध्यक्ष एवं प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. सम्झना कुमारी काफ्ले पाण्डेको अध्यक्षतामा भएको बैठकमा जिल्लाबाट सिफारिस भई आएका जोन कार्यक्रमहरू सञ्चालनका लागि केन्द्रमा सिफारिस गर्ने निर्णय भएको छ ।

Comment


Related News

Latest News

Trending News