अपडेट 
२०७७ फाल्गुन १५, शनिबार १७:२०

राष्ट्रियस्तरका खेलाडिहरु समेतको संलग्नतामा स्थापना भएको वीरगन्ज स्पोर्टस क्लबको शनिवार एक भब्य समारोहविच उद्घाटन भएको छ ।

पर्सा क्षेत्र १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य (साँसद) प्रदीप यादवले संस्थाको उद्घाटन गरेका हुन । संस्थाको उद्घाटन गर्दै साँसद यादवले युवाहरुको लागि खेलकुद महत्वपुर्ण भएको बताउदै यस संस्थाको माध्यमले खेलकुदको बिकासमा टेवा पुग्ने बिश्वास जनाए । उनले तन्दुरुस्त तन र स्वस्थ्य मनको लागि खेलकुद अपरिहार्य रहेको टिप्पणी गरे । संस्थाका अध्यक्ष हासिम अन्सारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै साँसद यादवले युवाहरुको सक्रियता र बहुआयामिक बिकासमा आफु सदैव साँथ रहेको जिकिर गरे । कार्यक्रममा प्रदेश सभा सदस्य जनत अन्सारी बिशिष्ठ अतिथी रहेका थिए । त्यसतै जनता समाजवादी पार्टीका जिल्ला सदस्य नुर आलम अन्सारी, नगर उपाध्यक्ष शेख रुस्तम, पर्सा क्रिकेट संघका जिल्ला अध्यक्ष दाउद अन्सारी लगायतको उपस्थिती रहेको थियो ।

Comment


Related News

Latest News

Trending News