अपडेट 
२०७७ फाल्गुन १५, शनिबार २०:१८

बाराको हरिहरपुर गाउमा ७फिटको मुर्ती फेला परेको छ ।

शनिबार दिउसो ५बजे सिम्रौनगढ नगपालिका वार्ड नम्बर ४ हरिहरपुर स्थित किशुन्द्र महतोको खेत खन्ने क्रममा उक्त मुर्ती फेला परेको हो ।पोखरी खन्ने क्रममा लगभग १०फिट गहिरो जमिनबाट ७फिट लामो र ४फिट चौडाइ भएको भगवान बिष्णको मुर्ती फेलापरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक सुरेन्द्र यादवले बताउनु भयो ।मुर्ती फेरा परेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरिक्षक दिपक सुवेदी र खजानी प्रहरी चौकिका सहायक निरिक्षकको नेतृत्वमा प्रहरी पुगेको प्रहरी टोलीले वडाअध्यक्ष लगायतका जनप्रतिनिधिहरुर्सग समन्वय गर्दै स्थानिय महादेव मन्दिरमा राखिएको प्रहरी निरिक्षक यादवले बताए ।

Comment


Related News

Latest News

Trending News