अपडेट 
२०७७ फाल्गुन १६, आईतवार ०७:४७

महोत्तरीको बर्दिबासमा तेस्रो बर्दिबास महोत्सव २०७७ को आयोजन हुने भएको छ ।

बर्दिबास उद्योग बाणिज्य संघ बर्दिबासको आयोजनमा फागुन २५ गतेदेखि चैत्त ८ गतेसम्म महोत्सव संचालन हुन लागेको बर्दिबास उद्योग बाणिज्य संघ बर्दिबासका महासचिव भवनाथ खतिवडाले बताए । कोरोना महामारीले सुस्ताएको व्यपार–व्यवसायलाई चलायामान बनाउन महोत्सव आयोजना हुन लागेको उनले बताए । शनिबार बर्दिबास उद्योग बाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलमा खतिवडाले विश्वभरी फैलिएको कोरोना भाईरसको संक्रमणले सुताएको व्यपार प्रबद्र्धनमा महोत्सवले टेवा पुग्ने विश्वास लिइएको बताए । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबाट महोत्सवको उद्घाटन गर्ने उनले बताए । महोत्सवमा १ सय ५० स्टल राखिने र ढेड लाख दर्शक उतार्ने लक्ष्य लिएको महोत्सव आयोजनमा ३५ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

बर्दिबासको कृषि, पर्यटन, कला, संस्कृति तथा व्यपार प्रवद्र्धनका लागि महोत्सवको आयोजन गर्न लागिएको बर्दिबास उद्योग बाणिज्य संघ बर्दिबासका अध्यक्ष प्रह्लाद कुमार क्षेत्रीले बताए । कोरोना संक्रमणका कारण गत वर्ष बर्दिबास महोत्सव स्थगित भएको थियो । स्थानीय बस्तुहरुको प्रदर्शनी, ब्यबसायिक स्टल, अत्याधुनिक खेल समाग्री,चर्चित कलाकारको प्रस्तुतीकरण रहने महोत्सव अवलोकन गर्न प्रति टिकट ५५ रुपैंया शुःल्क तोकिएको आयोजकले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News