२०७७ फाल्गुन १६, आईतवार ०७:५७

नेपाल होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको अध्यक्षमा रेवन्त कार्की निर्वाचित भएका छन् ।

शनिवार बर्दिवासमा सम्पन्न होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको तेश्रो जिल्ला अधिवेशनबाट कार्कि अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशनबाट जिल्लामा होटल व्यवसाय संचालन गर्दै आएका २१ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा सरोज चौधरी, उपाध्यक्षमा गुञ्ज बहादुर कार्की, उपाध्यक्ष अमित कुमार बस्नेत, महासचिव दान बहादुर थापा, सचिवमा नारायण घिमिरे, सह सचिव परमेश्वर महतो, कोषाध्यक्ष हेम बहादुर लामा, सहकोषाध्यक्षमा धनेश्वर साह निर्वाचित भएका छन् । समितिको सदस्यहरुमा आरती घिमिरे, मिरा पराजुली, हेम लामा तेन्जन, अमृत श्रेष्ठ,बलाराम श्रेष्ठ,मुकेश कुमार साह, मिन बहादुर थापा, भुलन सेन ठकुरी, चन्द्रदेव यादव, सविर हुसेन, कमला कोइराला र शुदर्शन काफ्ले निर्वाचित भएका छन । निर्वाचित पदाधिकारीले शनिवार पदभार सम्हाल्दै सपथ लिएका थिए ।

सपथ खाएसँगै होटल तथा पर्यटन व्यवासयी संघ जिल्ला कार्यसमितिले दिएको जिम्मेवारी पूर्ण पालना गर्ने कार्कीले प्रतिबद्धता जनाए ।

Comment

Related News

Latest News

Trending News