२०७७ फाल्गुन १८, मंगलवार ०७:२४

विघटित प्रतिनिधि सभा पूनस्र्थापना भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते आइतवार दिउसो ४ बजे संसद बैठक आव्हान गरेकी हुन् ।

प्रतिनिधि सभाको बैठक २३ गते बोलाउने निर्णय मन्त्रिपरिषदले गत शुक्रवार गरेको थियो ।तर राष्ट्रपति कार्यालयले सोमवार जारी गरेको सुचनामा सिफारिस नै १७ गते प्राप्त भएको उल्लेख छ ।मन्त्रिपरिषदले निर्णय गरेपनि राष्ट्रपति कार्यालयमा चौथो दिन मात्र पठाइएको बुझिएको छ । मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले २३ गते ४ बजेका लागि संसद् बैठक आह्वान गरेकी कार्यालयका प्रवक्ता जगनाथ पन्तले जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले ्रतिनिधिसभा विघटन गरेकी थिइन् । विघटनविरुद्ध सर्वोच्च अदालतमा निवेदन परेका थिए । सर्वोच्चले ती निवेदनमाथि सुनुवाइ गर्दै फागुन ११ गते प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको विघटन घोषणा असंवैधानिक ठह¥याउँदै प्रतिनिधिसभा पुनःस्थापना गरेको थियो । सर्वोच्च अदालतको आदेश बमोजिम नै संसद बैठक आव्हान गरिएकोछ ।मन्त्रिपरिषदले बैठक बोलाउन चार दिन अगावै निर्णय गरेपनि राष्ट्रपति कार्यालयमा पत्र पठाइएको थिएन् ।

राष्ट्रपतिले बैठक आव्हान नगरेको भन्दै आलोचना हुन थालेपछि प्रवक्ता पन्तले जारी गरेको सुचनामा प्रधानमन्त्री कार्यालयबाट सोमवार नै सिफारिस प्राप्त भएको उल्लेख गरेका छन् ।

Comment


Related News

Latest News

Trending News