प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साहले विद्यालयमा खानेपानी, सरसफाई तथा स्वच्छ वातावरण निर्माण गर्न प्रदेश सरकार लागेको बताएका छन् ।
युनिसेफको सहयोग तथा रतौली युवा क्लव महोत्तरीको सहकार्यमा शिक्षकहरुको लागि ३ दिने खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धि प्रशिक्षण कार्यक्रमको मंगलबार समापन गर्दै मन्त्री साहले विद्यालयहरुमा सरसफाई, स्वच्छ खानेपानीको अझै अभाव रहेकाले त्यसलाई व्यवस्थापन गर्न प्रदेश सरकारले स्थानीय तहहरुसँग मिलेर कार्यक्रम गरिरहेको बताए । प्रदेशका ८० वटा समुदायिक विद्यालयमा विद्यालय नर्स राख्न लागेको मन्त्री साहले बताए । कार्यक्रममा रतौली युवा क्लवका कार्यकारी निर्देशक वैद्यनाथ चौधरीले मानव विकासको सुचाकमा पछाडि रहेको प्रदेश २ लाई अगाडी ल्याउन खानेपानि, सरसफाई लगायतका जोड दिनुपर्ने बताए । तीनै तहको सरकार गठन भएको ३ वर्ष भईस्कदापनि यस क्षेत्रमा खासै सुधार आउन नसकेको उनले टिप्पणी गरे । प्रशिक्षण कार्यक्रममा महोत्तरी जिल्लाका विभिन्न २० वटा समुदायिक विद्यालयका शिक्षक शिक्षिका तथा दुई वटा स्थानीय तह मटिहानी नगरपालिका र महोत्तरी गाउँपालिकामा शिक्षा शाखाहरुको सहभागिता रहेको छ ।
रतौली युवा क्लवका अध्यक्ष साकिर खानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युनिसेफका बोधनारायण श्रेष्ठ लगायतले मत्वय राखेका थिए ।

