रौतहटको समनपुरमा घरमा आगलागी हुँदा करिब ३ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
गढीमाई नगरपालिका वडा नम्बर २ समनापुर टोल निवासी राम रतन साह र हरेकृष्ण साहको संयुक्त पक्की पिलर भएको र बाँस काठको टालीले बनेको दुई तल्ले घरमा आगलगी भएको थियो । साहको १० बर्षीय छोरा अभिशेष कुमार साहले घरको माथिल्लो तल्लामा प्लाष्टिक पोलेर बल बनाउने क्रममा आगोलागेको ईलाका प्रहरी कार्यालय गरुडाको डिएसपी रवि रावले बताए । रावलको अनुसार घरधनीको छोराले आगो बाली प्लाष्टिक जलाई खेल्ने खिलौना बल बनाउने क्रममा आगो लगेको बताए । आगो लागेको खबर सुन्न साथ मातहतको प्रहरी टोली र स्थानीयहरुको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको बताए । आगलागीबाट मानवीय क्षति नभएपनि करिब तीन लाख बिस हजार रुपैया बराबरको धनमाल जलेर नष्ट भएको बताए ।

