२०७७ फाल्गुन १९, बुधबार १४:४३
बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको छ ।
मंगलबार छापावाला सुन प्रतितोला ८७ हजारमा कारोबार भएको थियो भने बुधबार बढेर प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज तेजावी सुन प्रतितोला ८७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार बजारमा चाँदीको भाउ १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला चाँदी १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।


