२०७७ फाल्गुन १९, बुधबार १८:३१

जनकपुरबाट भारतको अयोध्यासम्म हवाई सेवा सञ्चाल हुने भएको छ ।

निजी वायुसेवा कम्पनी बुद्ध एयरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग जनकपुर अयोध्या हवाई उडानका लागि अनुमति मागेको छ । सहजीकरणका लागि प्रदेश २ सरकारसँग समेत आग्रह गरिएको छ । अयोध्या उडानमा उत्तर प्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथको समेत चासो रहेका कारण अयोध्यातर्फ अनुमति प्राप्त हुने विश्वास कम्पनीको रहेको छ । कम्पनीले यसअघि काठमाडौंबाट वनारासका लागि सिधा उडान गरिरहेको थियो ।



बुद्ध एयरका अनुसार जनकपुरबाट अयोध्या उडान ५० मिनेटको हुने भएको छ । आन्तरिक तयारी शुरु भएको र अयोध्यामा आन्तरिक विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने काम भइरहेका कारण निकट भविष्यमा यस रुटमा उडान गरिने कम्पनीले जनाएको छ ।

https://www.youtube.com/watch?v=hlGYz-sizaw&t=5s

Comment


Related News

Latest News

Trending News