अपडेट 
२०७७ फाल्गुन २०, बिहीबार ०७:१८

संघीय सांसद एवम् उद्योगपति विनोद चौधरीले प्रदेश २ मा लगानी गर्नको लागि लगानीकर्ता तयार रहेको बताएका छन् ।

जनकपुरधाममा बुधबारदेखि शुरु भएको दोश्रो संस्करणको जनकपुर साहित्य महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सांसद चौधरीले प्रदेश २ मा उद्योग स्थापना गर्न उद्योगपतिहरु तयार रहेको बताए । यसको लागि प्रदेश २ सरकारले वातावरण बनाउने कार्य गर्नुपर्छ, उनले भने–जग्गा, विजुली, सुरक्षा व्यवस्थापन गरिदिनुपर्यो । प्रदेशलाई विकासको मार्गमा अगाडी बढाउन उनले मुख्यमन्त्री लालबाबु राउतलाई आग्रह समेत गरे । उनले विकास कार्यमा आउने बाधालाई चिर्दै अघि बढ्न प्रदेश सररकारलाई आग्रह गरे । दुई सय वाटको सोलार प्लान्ट लगाउने सम्झौता भएपनि काम अघि बढ्न नसकेको जिकिर गर्दै उनले जग्गा अधिनस्तको टुंगो लगाएर परियोजनालाई अघि बढाउने वातावरण बनाउनुपर्नेमा जोड दिए । उद्योगीहरुको लागि उपयुक्त रहेको प्रदेश २ मा विकासको आँधी ल्याउने बेला आएको तर्क उनको थियो । मधेशको समतल भुभागमा उद्योग संचालनमा सहज रहेको जिकिर गर्दै यसको लागि सरकारले उचित वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले तीनै तहका सरकारबीच सहकार्य नहुदा प्रदेश २ मा ठुल ठुला उद्योगहरुको स्थापना हुन नसकेको बताए । यहाँ लगानी गर्ने पुजिको अभाव छैन, नत उद्योगीको, सांसद चौधरीले भने,‘मात्रै प्रदेश सरकारले लगानीको वातावरण र उद्योगीहरुको सुरक्षाको व्यवस्थापन गरदिएपछि यहाँ लागनीकर्ताहरुको ओईरो लाग्छ ।’

आर्थिक विकासको स्तर युरोपको, शिक्षा अमेरिका र कला संस्कृतिको स्तर नेपालको जस्तो कहि नरहेको जिकिर गर्दै यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा उनले जोड दिए । कला संस्कृतिलाई जबसम्म आर्थिक विकाससँग जोडिदैन, तबसम्म यस क्षेत्रमा लागेका मानिसहरु विस्थापित हुने जोखिम रहिरहने धारणा उनको थियो । मैथिली भाषाबाट आप्mनो मन्तव्यको शुरुवात गरेका सांसद चौधरीले आयोजकप्रति आभार प्रकट गर्दै यस्तो कार्यक्रमहरुको निरन्तर आयोजना गर्नुपर्नेमा जोड दिए ।

https://www.youtube.com/watch?v=-ux1RwC7sdg&t=2s

Comment


Related News

Latest News

Trending News