अपडेट 
२०७७ फाल्गुन २०, बिहीबार ०७:२२

पूर्व राष्ट्रपति डा.रामवरण यादवले जानकी मन्दिरमा चढाउने फुलमाला र जल बाहिरबाट ल्याउनुपर्ने वाध्यतालाई अन्त्य गर्नु पर्ने बताएका छन् ।

नव मिथिला फाउण्डेशनले आयोजना गरेको जनकपुर साहित्य महोत्सवको बुधवार जनकपुरधाममा उद्घाटन गर्दै पुर्व राष्ट्रपति डा.यादवले खेती योग्य जग्गा र पोखरीको शहरको रुपमा चिनिने जनकपुरका मन्दिर हरुमा फुलमाला र जल (पानी) बाहिरबाटै ल्याउनुपर्ने वाध्यता नहटे सम्म यहाँका कला साहित्य, सँस्कृतिको संरक्षण हुन नसक्ने बताए । यहाँ हजारौ विग्हा खेतीयोग्य जग्गा छन्, तर भगवानलाई चढाउने फुलमाला बाहिरैबाट ल्याउनुपर्छ, पुर्वराष्ट्रपति यादवले भने,‘ शहरभित्रै ऐतिहासिक महत्वका दर्जनौ पोखरीहरु छन् । तर ती पोखरीको सरसफाई र संरक्षणको अभावमा जीर्ण फोहर भएर त्यसको पानी (जल) भगवानमा चढाउने अवस्था छैन । त्यसकारण यो विषयमा ध्यान दिनु आवश्यक छ ।’ तराईका जल, जमिन र जंगलको संरक्षण गर्न सके मात्रै यस क्षेत्रको संरक्षण र विकास हुन सक्ने पुर्व राष्ट्रपति डा. यादवको भनाई थियो । हराभारा र अन्नको भण्डार रहेको प्रदेशको भुमि चुरिया दोहनले दिनदिनै मरुभुमिकरण हुदै गईरहेको उल्लेख गर्दै पुर्व राष्ट्रपति डा.यादवले भने,‘मैले प्राय हरेक मञ्चमा भन्दै आएको छु चुरियाको संरक्षण गर्नुस्, चुरियालाई जोगाउन सकेन भने यस क्षेत्रमा पानीको अभावदेखि कृषि उत्पादनमा ठुलो क्षति हुन्छ । र यो स्थान मानव बस्ने योग्य रहदैनन् ।’२०२४ साल सम्म अन्य मुलुकलाई धानसहितका खाद्यन्न बस्ने नेपाल अहिले आफ्नै अन्य मुलुकबाट अर्बौ मुल्य बराबरको खाद्यन्न खरिद गर्ने अवस्थामा पुगेको छ,पुर्व राष्ट्रपति डा.यादवले भने,‘ यस तर्फ कसले र कहिले सोच्ने ? समयमै विचार गर्नुको आवश्यक छ ।’

मानव विकास सुचकांकमा पछाडि रहेका प्रदेश २ लाई समृद्धि विकासको पथमा अगाडी बढाउन तीनै तहको सरकारको जिम्मेवारी लिनुपर्ने पुर्व राष्ट्रपति डा. यादवले बताए । एकले अर्कालाई दोष लगाएर विकास निर्माणबाट पन्छिन नमिल्ने बताउदै पुर्व राष्ट्रपति डा.यादवले भने,‘ प्रदेशको शिक्षा अवस्था दयनिय छ, गरिव विपन्नका छोराछोरी सामुदायिक विद्यालयमा छन् । तर सामुदायिक विद्यालयहरुको अवस्था नाजुक छ । त्यसमा अध्ययन अध्यापन गर्ने गराउने वातावरण नै समाप्त हुदै गईरहेको छ । त्यसकारण त्यस तर्फपनि ध्यान दिनु आवश्यक छ ।’ कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारको विभेदको कारण जनकपुरको विकास हुन नसकेको बताए । विश्वका करोडौ हिन्दुहरुको आस्थाको केन्द्र भएपनि राज्यको उपेक्षाका कारण जनकपुरको विकास हुन नसकेको मुख्यमन्त्री राउतले बताए । प्रदेश २ सरकारले विकास निर्माणको आफ्नो पहिलो कार्यक्रमको सुरुवात जानकी मन्दिरबाट गरेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले भने,‘ जानकी मन्दिर विश्वमा प्रसिद्ध छ, दुनियालाई यसको बारेमा थाहापनि छ ।

तर विश्व समुदायमा यसको प्रमोशन र मार्केटिङ गर्न नस्कदा अझैपनि पर्यटकहरुलाई लोभ्याउन सकिरहेका छैनौ ।’ समृद्ध नेपाल खुसी नेपालको नारा दिएर मात्रै विकास निर्माणको काम नहुने भन्दै मुख्यमन्त्री राउतले भने,‘ प्रदेश २ का ६० लाख जनसंख्या छन्, यो प्रदेशको समृद्धि र विकास भए मात्रै नेपालको विकास र समृद्धि सम्भव हुन्छ ।’ सडक, नाला निर्माणले मात्रै प्रदेशको समृद्धि र विकास नहुने मुख्यमन्त्री राउतले प्रदेश सरकारले प्रदेशको चौतर्फी विकासका योजनाहरुमा जोड दिएको बताए । उद्योगी व्यवसायीहरुमा प्रदेश २ का बिना कुनै संकोचले लगानी गर्न मुख्यमन्त्री राउतले उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका थिए । त्यसैगरि, कार्यक्रममा जनकपुरधाम उपमहनगरपालिका मेयर लालकिशोर साहले संघीय सरकारकै विभेदको कारण जनकपुरको विकास निर्माणको गति सुस्त भएको बताए । नेपालकै पुरानो मध्येका एक जनकपुरधामलाई महानगरपालिका हुनुपर्ने ठाउँमा राज्यले यसलाई अहिले सम्म उपमहानगरपालिकाकै रुपमा राखेको मेयर साहको भनाई थियो ।

कार्यक्रममा उपमेयर रिता झा, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मी, कान्तिपुर टिभिका पत्रकार तथा जनकपुर साहित्य महोत्सवका निर्देशक दिलभुषण पाठक, संयोजक मनिष झा लगायतले मन्तव्य राखेका थिए । तीन दिनसम्म चल्ने महोत्सवको अध्यक्ष अमित झाको बुधवार र्नै उपचारको क्रममा मृत्यु भएकोले वक्ताहरुले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

https://www.youtube.com/watch?v=-ux1RwC7sdg&t=2s

Comment


Related News

Latest News

Trending News