अपडेट 
२०७७ फाल्गुन २०, बिहीबार ०७:३५

रौतहट । मुलुकलाई आवश्यक्ता परेको खण्डमा नेपाली काँग्रेसले निकास दिन तयार रहेको नेपाली काग्रेसको सभापति शेरबहादुर देउवाले बताउनु भएको छ ।

रौतहटको गढीमाई नगरपालिका ६ धरमपुर सिंगारवन गाउँमा विष्णु पुराण महायज्ञको बुधवार उदघाटन गर्दै अध्यक्ष देउवाले दुई तिहाई जनताको मत पाएर पनि सत्ता संचालन गर्न नसकी संघिय लोकतान्त्रिक गणतन्त्रिक व्यवस्था माथि ग्रहण लगाउन कुनै कसर बाँकी नराखिएको अवस्थामा मुलुकलाई नेपाली काँग्रेसको अवश्यक्ता पर्यो भने निकास दिन तयार रहेको स्पष्ट पार्नु भएको हो । सत्ता संचालन कसरी गर्ने वारे नेकपा भित्रको आन्तिरिक विवादको कारण सिंगो मुलुकलाई नै अनिर्णयको वन्दि बनाउने, आपसी गुटवाजी गरी पार्टी विभाजन तर्फ जाने जस्ता कार्यबाट नेपाली जनताहरु आजिज भएको परिवेशमा यो व्यवस्था जोगाउन हाम्रो आवश्यक्ता परेको खण्डमा सवै कुरा माथि विचार गरेर नेपाली काँग्रेस सकारात्मक भुमिका निर्वाह गर्ने बताए ।

सनातन हिन्दु धर्म सहित सम्पूर्ण धर्म मान्ने समुदायको रक्षार्थ नेपाली काँग्रेस लागि परेको हुँदा नेपाललाई शान्ति एवं अहिंसाको मुलुक बनाउने तर्फ आफनो भुमिका सधै सकारात्मक रहने जिकिर गर्दै सभापति देउवाले विगतको विभिन्न झुठा मुद्दाहरुमा नेकाको युवा नेता महोम्मद आफताव आलमलाई फसाइएको हुँदा अहिले उक्त मुद्दा अदालतमा रहेकोमा प्रक्रियागत रुपमा उहाँ माथि लागेको मुद्दालाई उचित सम्बोधन गराई कारागारबाट मुक्त गराउने प्रतिवद्धता समेत उनले जनाए । पुर्व गृह राज्य मन्त्री तथा नेपाली काँग्रेस मकवानपुरको अध्यक्ष इन्द्र वानियाले धरमपुरबाट धर्मको यात्रा सुरु भयो, सनातन हिन्दु धर्म सहित सवै धर्म मान्नेहरुको धार्मिक स्वतन्त्रताको पक्षमा उचित सम्मान गर्दै नेपाली काँग्रेस नेपाली जनताको पक्षमा मुलुकको निकास दिन तयार रहेको बताए । जुनसुकै परिस्थितिमा अन्यौल अवस्थामा पनि चुनौतीलाई व्यवस्थापन गर्दै मुलुकलाई निकास दिन, जनताको विकास समृद्धि यात्रा सम्म शान्ति र प्रक्रिया सहित निर्वाचन गराउने यात्रामा काँग्रेसले जुन आज सम्मको एतिहासिक र हाल सम्मको जिम्मेवारी पुरा गरेको छ, अव थप जिम्मेवारी सहित मुलुक बहुमत र दुई तिहाईको हाराहारीको पुगेको हुँदा नेकपाबाट जुनसुकै अवस्था एवं अप्ठ्यारो सृजना भएको जनताहरु आश, त्रासको दृष्टिकोर्ण नेपाली काँग्रेस माथि लगाएको हुँदा जनताहरुको आश माथि काँग्रेस खरो उत्रिने संकेत दिए ।

फागुन १९ गते देखि लिएर २९ गते सम्म संचालन हुने विष्णु पुराण महा यज्ञ मेलामा विभिन्न खेल तमाशा, रासलिला, रामलिला, सहितको विभिन्न झाकीहरु प्रदर्शन गर्न भारतबाट कलाकारहरु आएको गढीमाई नगरपालिकाको मिमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले जानकारी दिदै सभापति देउवालाई नगरपालिकाको तर्फबाट १०५ किलोको माला लगाएर स्वागत गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News