अपडेट 
२०७७ फाल्गुन २०, बिहीबार १६:०१

नेपालमा बिहीबार थप १०७ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ४८८ पुगेको छ । त्यस्तै थप ७८ जना कोरोनामुक्त भएका छन् भने हालसम्म नेपालमा २ लाख ७० हजार ६८३ संक्रमित निको भएका छन् । नेपालमा गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म तीन हजार १० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । हाल ७९५ जना आइशोलेशनमा छन् भने ५७ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २१ लाख ७९ हजार ४७ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News