अपडेट 
२०७७ फाल्गुन २१, शुक्रबार ०७:३७

नेपाल आयल निगमले हवाई इन्धनसहित पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै वायुसेवा कम्पनीहरुले हवाई भाडामा लाग्ने सरचार्ज समेत वृद्धि गरेका छन् ।

वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)का अनुसार स्वचालित प्रणाली अनुसार मूल्य बढाउने निर्णय भएको छ । हवाई व्यवसायीको निर्णयलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्वीकृति दिएको छ । संघका प्रवक्ता योगराज कंडेलका अनुसार बढेको भाडा शुक्रबारबाट लागू हुने भएको छ । नेपाल आयल निगमले आन्तरिक उडानको हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढाउने निर्णय गरेको थियो । नयाँ सरचार्ज अनुसार माउण्टेन फ्लाइटतर्फ साविकभन्दा १७० रुपैयाँ बढी पर्ने भएको छ । काठमाडौंबाट सबैभन्दा लामो दूरीको धनगढीका लागि सरचार्ज २२० रुपैयाँ थप भएको छ । काठमाडौंबाट नजिकको गन्तब्य सिमराका लागि ४५ रुपैयाँ इन्धन मूल्य थप भएको छ । विराटनगरबाट पोखरा उडानको भाडामा १६५ रुपैयाँ थप हुने छ ।

Comment


Related News

Latest News

Trending News