अपडेट 
२०७७ फाल्गुन २१, शुक्रबार ०८:०१

बर्दिबास । नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री गगन थापाले संसदले अब प्रधानमन्त्रीलाई हटाएरै छाड्ने दावी गरेका छन् ।

महोत्तरीको बर्दिवासमा बिहीबार नेपाली कांग्रेस नगर समितिले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता थापाले अब प्रधानमन्त्रीले पद् छोड्नैपर्ने बताए । आफुले गरेको गल्तिको लाज प्रधानमन्त्रीलाई नलागेको तर उनलाई लाग्नुपर्ने लाजको भारी अब संसदले बोक्न नसक्ने नेता थापाको भनाइ थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरि गरेको गलत निर्णय अदालतले बदर गरी सच्याएपछि अब दुबैले पद् छाड्नुपर्ने नेता थापाले बताए । सर्वाेच्च अदालतको निर्णयले संविधानको रक्षा गरेको बताउ“दै नेता थापाले भने, “प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङमा अब बे्रक लागेको छ,संसदलाई बन्धक बनाएर देशको विकासमा बाधक बन्ने छुट प्रधानमन्त्रीलाई छैन” । प्रधानमन्त्रीको गलत कदमलाई साथ दिने राष्ट्रपतीले पनि नैतिकताको आधारमा पद् छोड्नुपर्ने उनले बताए । अदालतको सेटिङ फेल भएपछि प्रधानमन्त्रीले अब निर्वाचन आयोगलाई समेत फकाएर, निर्णय गर्न नसक्ने बनाएको उनले थपे । संबैधानिक आयोगहरुमा पनि असंवैधानिक तरिकाले गरिएको नियुक्ति तत्काल खारेज हुनुपर्ने नेता थापाले बताए ।

अदालतको निर्णयले व्युताएको संसदमा उत्पन्न समस्याको निकास दिन,संविधान र लोकतन्त्रको रक्षा गर्न कांग्रेस उभिने तर कांग्रेसले सरकारको ेतृत्व लिन नहुने नेता थापाले सुझाए । “जनताले दिएको आदेशअनुसार ५ वर्षसम्म कांग्रेस प्रतिपक्षकै भुमिकामा बस्छ” नेता थापाले भने, “अर्काको भाग खान अहिले सरकारको नेतृत्व गर्न सरकारमा कांग्रेस जा“दैन” । विकासका नाममा प्रधानमन्त्रीका आसेपासे मात्रै मोटाउने काम भएकाले कांग्रेस अब चुनावमा जानु अघि ५ वर्षको विकासका योजना सहित जनतामाझ आउने नेता थापाले बताए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका थिए ।

Comment


Related News

Latest News

Trending News