अपडेट 
२०७७ फाल्गुन २१, शुक्रबार ०८:०७

जनकपुरका धार्मिक तथा ऐतिहासिक महत्वका दर्जनौ पोखरी तथा सरोवर अतिक्रमणको चपेटामा परेका छन् ।

अतिक्रमणकै कारण कतिपय पोखरी लोप भईसकेका छन् भने कतिपय लोप हुने अवस्थामा पुगेको छ । केही वर्षअघिसम्म पोखरी रहेका स्थानमा अहिले ठुल्ठूला महल बनाइएको छ । ऐतिहासिक महत्वका पोखरी वर्षाैँदेखि अतिक्रमणको चपेटमा परे पनि सम्बन्धित पक्षले भने त्यसप्रति ध्यान दिएको छैन । धार्मिक महत्वका कतिपय पोखरी व्यक्तिको नाममा दर्ता भएका छन् । जनकपुरमा रामसागर, गोरधोइ, पुरन्दर सर, लक्की, देवान पोखरी, रामसागर, मध्यसागर, रत्नसागर, अरगजा, दशरथ तलाउ, तेलहा मरहालगायत दर्जनभन्दा बढी ठूला पोखरी छन् । अघिल्लो सयम यी पोखरीहरु अतिक्रमणको चपेटामा पर्दै गएका छन् । अतिक्रमणका कारण जनक सरोवर, अमृतकुण्ड, गोपाल सर, पयास्विनी सर, बलदेव सरलगायतका पोखरी लोपसमेत भइसकेका छन् । ०७२ सालमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्ष रामकुमार शर्माले जनकपुरका धार्मिक महत्वमा पोखरीको अतिक्रमण हटाउने अभियान थालेका थिए । करिब दुई सातासम्म अभियान चल्यो । अभियानमा प्रहरी प्रशासनदेखि स्थानीय जनताको व्यापक सहभागिता थियो । तर, बजेट अभावमा अभियान अघि बढ्न सकेन । परिषद्का तत्कालीन निर्देशक उमेशकुमार यादवले अभियानको क्रममा दर्जनभन्दा बढी पोखरीको अतिक्रमण हटाइएको बताए ।

चारैतर्फबाट अभियानमा सहयोग मिलेको थियो, तर बजेट अभावले अभियानलाई अघि बढाउन सकिएन,’उनले भने । त्यतिवेला अतिक्रमण हटाउन सयभन्दा बढी घर भत्काइएको थियो । यसैबीच, २०६२ सलामा तत्कालीन सरकारले भोजराज घिमिरेको संयोजकत्वमा जनकपुरका धार्मिक, पोखरी, मठ– मन्दिरलगायतको जग्गाको संरक्षण र व्यवस्थापनका लागि उच्चस्तरीय कार्यदल गठन गरेको थियो । तर ती कार्यालय दलले ४ महिना लगाएर तयार पारिएको विस्तृत प्रतिवेदन अझै सम्म कार्यान्वयन हुन सकेको छैन । प्रतिवेदनमा जनकपुरमा ४९ वटा सार्वजनिक, निजी र पाँचवटा पोखरी लोप भएको उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News