अपडेट 
२०७७ फाल्गुन २१, शुक्रबार १७:१६

नयाँ सत्ता समिकरणमा नेपाली काँग्रेस को सँग सहकार्य गर्ने बारे व्यापक चर्चा र बहस भइरहेका बेला नेपाली काँग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले अविश्वास प्रस्तावको पक्षमा जानु पर्ने धारणा राख्दै नेकपाको दहाल–नेपाल समूहप्रति लचिलो देखिएका छन् ।

१८ वर्षअघि आफैले शिलान्यास गरेको सप्तरीको तिलाठीमा नवनिर्मित तृप्ति नारायण मेमोरियल इएनटी अस्पताल भवनको शुक्रबार उद्घाटन गर्दै महामन्त्री कोइरालाले अविश्वास प्रस्तावको पक्षमा लाग्नु पर्ने आफ्नो धारणा सार्वजनिक गर्दै नेकपाको दाहाल–नेपाल समूहसँग सहकार्य गर्ने संकेत गरेका हुन् । मुलुक अहिले अत्यन्तै अफठ्यारो अवस्थामा छन्, कम्युनिष्टहरु मिलेर बनेको नेकपा फुटेका पनि छन्, फुठेका छैनन् पनि जस्तै छ, उनले भने, यो अवस्थामा काँग्रेस कतातिर जाने हो भन्ने कुरामा अलमल पनि छन्, तर मेरो धारणा भनेको अविश्वास प्रस्तावको समर्थनमा जानु नै हो । महामन्त्री कोइरालाले अविश्वास प्रस्तावमा जानुु भन्दा अगाडी कसलाई प्रधानमन्त्री बनाउने बारेमा पनि निश्कर्षमा पुग्नु आवश्यक रहेको बताए । “शेर बहादुर जी आफै प्रधानमन्त्री बन्नुहुन्छ वा माधव नेपाल अथवा प्रचण्ड बन्ने हो, महामन्त्री कोइरालाले भने, यसबारे पहिले नै टुङ्गोमा पुग्नु आवश्यक छ ।

अस्पतालका अध्यक्ष डो अनिल झाको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरी, राष्ट्रियसभा सदस्य शेखर कुमार सिंह, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह, वडा अध्यक्ष दिनेश्वर मिश्र लगायतले पनि बोल्दै अस्पताल संचालनले यस भेगका मात्र नभई आसपासका जिल्ला तथा सीमावर्ती भारतीय क्षेत्रका जनतासमेत लाभान्वित हुने बताएका थिए । अस्पतालका लागि निशुल्क जग्गादान गर्ने शैलेन्द्र कुमार झा, सुगानन्द झा, रबिनाथ झालगायतकालाई प्रमुख अतिथि कोइरालाद्वारा सम्मान गरिएको थियो । अस्पताल समितिका सदस्य मनोज मुन्धडाद्वारा स्वागत तथा महासचिव किशोर झाद्वारा अस्पतालको गतिविधी बारे सबिस्तार जानकारी गराइएको कार्यक्रममा पूर्वसासंद सुरेन्द्र यादव, रन्जित कर्ण, रन्जु ठाकुर, काँग्रेस महासमिति सदस्य नागेन्द्र झा, नेपाल परिवार नियोजन संका उपाध्यक्ष अजित मिश्र पप्पु लगायतको पनि उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News