अपडेट 
२०७७ फाल्गुन २२, शनिबार ०६:१८

रौतहट । रौतहटको गढिमाई नगरपालिका ७ धनाडी धर्मपुरमा निःशुल्क बाली स्वास्थ्य उपचार शिविर सम्पन्न भएको छ ।

बाली संरक्षण प्रयोगशाला सिरहाले आयोजना गरेको शिविरमा दर्जनौ स्थानिय किसानहरुको बालीनालीको निःशुल्क औषधी उपचार गरि निःशुल्क औषधी पनि वितरण गरिएको छ । शिविरमा विभिन्न गाउँको करिब एक सय ३१ जना किसानले प्रत्यक्ष लाभ लिएका छन । प्रदेश २ सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री माननीय योगेन्द्र यादवको प्रमुख आतिथ्यमा आयोजित शिविरमा धनाडी धर्मपुर, सिंगारमन, पकहा बखरी, माधोपुर लगाएत गाउँका सयौ किसानहरु लभान्वीत भएका छन् ।

शिविरमा किसानहरुले आ–आफना रोग लागेको विभिन्न किसिमको बाली, रुख तथा बोटविरुवाको नमुना लिएर गएका थिए । किसानहरुले लिएर गएको बाली, रुख तथा विरुवामा लागेको रोगको पहिचान गरी निःशुल्क औषधी वितरण गरि औषधी कसरी प्रयोग गर्ने जानकारी गराइएको थियो । बाली संरक्षण प्रयोगशाला सिरहाका अधिकृत मोहन महतो लगाएतका टोलीले किसानहरुको बालीनालीमा लागेको रोगहरुको पहिचान गरी निःशुल्क औषधी उपचार गर्न पाएको खुशी व्यक्त गरेका थियो ।

शिविरमा ल्याइएका अधिकांश बाली, रुख तथा विरुवामा लाही किराको प्रकोप बढी देखिएको बाली संरक्षण प्रयोगशाला सिरहाका अधिकृत मोहन महतोले बताएका छन ।

Comment


Related News

Latest News

Trending News