अपडेट 
२०७७ फाल्गुन २२, शनिबार ०६:४२

जुनियर जेसिज मलंगवाले आयोजना गरेको “मधेसी युवाको बलिदानमा नेतृत्वकर्ताको भूमिका“ विषयक अन्तर जिल्ला मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा मलंगवाको कृष्णादेवी जनता मावि प्रथम भएको छ ।

शुक्रवार मलंगवा नगरपालिका वडा न–८ स्थित बालमन्दिरमा उपमेयर शान्ती मिकरानीको प्रमुख आतिथ्यतामा आयोजना भएको उक्त प्रतियोगितामा सर्लाही जिल्लाभरीबाट जम्मा ८ वटा माविहरुले भाग लिएका थिए । प्रतियोगितामा दोश्रो र तेस्रो स्थान मलंगवाकै ग्रिनलैण्ड मावि र एपेक्स माविले हासिल गरेको मलंगवा जेसिजका प्रवक्ता समीर मिकरानीले जानकारी गराए । कार्यक्रमको संचालन मलंगवा जेसिजका भ्ख्ए राम लखन महतोले गरेका थिए ।

Comment


Related News

Latest News

Trending News