अपडेट 
२०७७ फाल्गुन २२, शनिबार ०६:४८

जलेश्वर । महोतरीको मटिहानीमा पशुका लागि फिभर रोग विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । मटिहानी नगरपालिकाको सीमावर्ती क्षेत्र मटिहानीमा शुक्रबारदेखि गाई, भैंसी, सँुगुरलाई खोरेत र सुँगुरलाई स्वाइन फिभर रोग विरुद्धको खोप कार्यक्रम शुरु गरिइएको हो ।

पशु अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जलेश्वरको आयोजनामा मटिहानी नगरपालिकाको वडा नं.६, वडा नं.७, वडा नं.८ र वडा नं. ९ को बहुअर्वामा रहेका पशु चौपाया गाई भैसींलाई लक्षित गरी खोप कार्यक्रम शुरु गरिएको हो । खोप कार्यक्रमको एक समारोह बिच मटिहानी नगरपालिकाको नगर प्रमुख हरि प्रसाद मण्डल र पशु अस्पताल जलेश्वरको प्रमुख डा.संजिव कुमार ठाकुरबाट शुभारम्भ गरेका थिए ।

खोप कार्यक्रमका लागि ५ पाँच जना प्राविधिकहरु खटाईएको र टोली प्रमुख चन्देश्वर रजक पशु सेवा शाखा मटिहानीका प्रमुखको रेख देखमा खोप कार्यक्रम सञ्चालन भईरहेको छ ।

Comment


Related News

Latest News

Trending News