अपडेट 
२०७७ फाल्गुन २२, शनिबार १५:३६

राजविराज, २२ फागुन ।
आगामी फागुन २९ देखि राजविराजमा हुने प्रथम देवसन्दर स्मृति कप राष्ट्रिय महिला एवं पुरुष भारोतोलन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।

प्रतियोगिता आयोजक भारोतोलन संघ सप्तरीले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाउँदै खेल तालिका र आवश्य विरण समेत सार्वजनिक गरेको हो । भारोतोलन संघ सप्तरीका अध्यक्ष महेश प्रसाद यादवले प्रतियोगितामा सात वटै प्रदेशका साथै, सेना, सशस्त्र र नेपाल प्रहरीका तीनवटै विभागिय टिमको समेत सहभागिता रहने तय भएको जानकारी दिए । कुल १ सय २५ खेलाडी सहभागी रहने प्रतियोगितामा महिला खेलाडीको संख्या ४० देखि ५० सम्म रहने उनको भनाई छ । त्यस्तै १८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागी जिल्ला संघकै पहलमा स्थानियतह र विभिन्न संघ संस्था, व्यक्तीबाट उक्त सहयोग रकम जुटाईने उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगितामा विभिन्न तौल समुहमा महिला र पुरुष तर्फ ३५÷३५ खेलमा प्रतिस्पर्धा हुनेछन् । यस्तै प्रतियोगिताको एक भव्य समारोह बीच प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साहले उद्घाटन गर्ने तय भएको संघका सचिव गोपाल गुप्ताले जानकारी दिए । पत्रकार सम्मेलनमा भारोतोलन संघका केन्द्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठ महासचिव तिलक बहादुर राउत, संघका सल्लाहकार सूर्यनाथ यादव जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेल लगायतले पनि प्रतियोगिताबारे आवश्यक जानकारी गराएका थिए । प्रतियोगिताका विजेता खेलाडीलाई कप, मेडल, कदरपत्रका साथै उत्कृष्ट खेलाडीको चयन गरी नगद पु्रस्कार दिने तय भएको समेत जानकारी गराइएको छ । सप्तरीका पुराना एव पूर्व राष्ट्रिय भारोतोलन खेलाडी राजविराज निवासी स्व. देव सुदन्दर यादवको स्मृतिमा एवं सम्मानमा सो प्रतियोगिता आयोजना हुन लागेको हो ।

Comment


Related News

Latest News

Trending News