अपडेट 
२०७७ फाल्गुन २३, आईतवार ०६:५०

मुलुकमा आएको विपतीलाई शान्त पार्ने उदेश्यका साथ ब्राम्हण समाज नेपालले जनकपुरधाममा रुद्र अभिशेष पुजा गरेको छ ।

समाजले शनिबार जनकपुरधामको जानकी मन्दिरमा आयोजना गरेको पुजामा विश्वमा फैलिएको महा विपतीलाई शान्त गर्ने उदेश्य र ब्राम्हण समाजको आप्mनो संस्कारलाई उजागर गने उदेश्य राखिएको जनाइएको छ । समाजका प्रतिनिधी कोमलकान्त झाका अनुसार प्रत्येक महिना समाजको कल्याण र शान्ति ल्याउने उदेश्यका साथ मनाइदै आएका छ ।

कोरोना महामारीका कारण पुजा केहि प्रभावित भएपनि व्राम्हण समाजले आफनो संस्कार र संस्कृतिलाई जगेर्ना गर्ने उदेश्यका साथ पुजालाई निरन्तरता दिने उनले बताए । समाजका अध्यक्ष कौशलेन्द्र मिश्रको अध्यक्षतामा सम्पन्न भएको सो पुजामा व्राम्हण समाजका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News