अपडेट 
२०७७ फाल्गुन २३, आईतवार ०६:५९

जनकपुरधाम । जनकपुरधामका सम्पदा मार्ग सिमांकन सम्वन्धी वृहत्त परामर्श कार्यशाला गोष्ठी शनिवार जनकपुरधाममा सम्पन्न भएको छ ।

यहाँ रहेका सम्पदाहरुको संरक्षण सम्वद्र्धन गर्नकालागि उप–महानगरपालिकाले चासो लिएका छन् । शनिवार जनकपुरधाम उप– महानगरपालिकाले आयोजना गरेको वृहत्त परामर्शमा यहाँ रहेका सम्पदाहरुलाई संरक्षण सम्वद्र्धन गर्ने बारेमा छलफल गर्नुका साथै संरक्षण र सम्वद्र्धन सम्वन्धमा आ–आफ्ना विचारहरु राखेका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर साहले यहाँ रहेका सम्पदाहरुको पहिचान गरि त्यसको संरक्षण र सम्वद्र्धनमा जोड दिएका थिए ।

उनले यहाँ रहेका मठ मन्दिरहरुको अस्तित्व समाप्त हुनै लागेका कारण कसरी यसलाई बचाउन सकिन्छ त्यस तिर सवैलाई केन्द्रीत हुनकालागि आग्रह गरेका थिए । उनले मन्दिरको अगाडी सटर बनाएर मन्दिरको पौराणिकता समाप्त पार्ने खेल भई रहेको प्रति खेद प्रगट गर्दै पोखरी, तलाउ, मठ मन्दिरहरुको संरक्षणमा जोड दिएका थिए । उनले सवै जनप्रतिनिधि लगायत कार्यालयका कर्मचारी रसम्वन्धित निकाय समेत पहल गर्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै कार्यक्रमलाई सम्वोधन गर्दै जनकपुरधाम उप– महानगरपालिकाका उप–मेयर रीता झाले हामी सक्दो सम्पदाको संरक्षणमा लागि रहेको बताउँदै अगामी दिनमा कडाईका साथ अगाडी बढ्नुपर्ने बताएकी थिइन् ।

उनले सम्पदाको पहिचान गरि त्यसको संरक्षण सम्वद्र्धन गर्न हामी अग्रसर भई रहेको दावी गरेकी थिइन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार ढकालले संम्पदाको संरक्षण सम्वन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

Comment


Related News

Latest News

Trending News