अपडेट 
२०७७ फाल्गुन २३, आईतवार ०७:०२

जनकपुरधाम । हाँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले शिक्षा जिवनको अमुल्य धन रहेको बताएका छन् ।

हाँसपुर नगरपालिका ३ कठपुल्ला स्थित राष्ट्रिय प्राथमिक विद्यालय कठपुल्लाको भवन निर्माण शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै मेयर मण्डलले सो कुरा बताएका छन् । उनले शिक्षाकै अभावका कारण हाम्रा दाजुभाईहरु विदेशको ५० डिग्रि गर्मीमा काम गर्न बाध्य रहेको बताए । उनले वैदेशिक रोजगारमा जानेहरुलाई उच्च शिक्षा हासिल गरेर यहि आफ्नो जिवन जिविका निर्वाह गर्नकालागि आग्रह गरेका थिए । बालबालिकालाई विद्यालयवाटा टाढा नराख्न अभिवावकहरु संग आग्रह गर्दै मेयर मण्डलले उनीहरुलाई विद्यालयमा ल्याउन आफु जे सुक्कै गर्न तयार रहेको बताएका थिए ।

उनले विद्यालयमा पहुँच नभएका बालबालिकालाई विद्यालय सम्म ल्याउन नगरपालिकाले हदै सम्मको प्रयास गरेपनि अहिल पनि धेरै बालबालिकाहरु विद्यालयको पहुँच भन्दा बाहिर रहेको प्रति उनले आक्रोस व्यक्त गरेका थिए । बालबालिकाको भविष्य संग खेलवाड गर्ने जो कोहिलाई स्वीकार गर्न आफु असमर्थ रहेको बताउँदै मेयर मण्डलले अगामी शैक्षिक सत्रमा यस नगरपालिकाका सतप्रतिशत बालबालिका विद्यालयमा हुनु पर्नेमा जोड दिएका थिए । उनले वैदेशिक रोजगारले समस्यामा ल्याएका हाम्रो समाजका युवाहरुकालागि नगरपालिकाले स्वरोजगार बनाउनकालागि सटर निर्माण देखि लिएर कृषिमा आत्म निर्भर बनाउन समेत योजनाहरु कार्यान्वयनमा आई सकेको कारण चिन्ता नगर्न स्थानीयबासीहरु संग आग्रह गरेका थिए । शनिवारनै संसदीय कोषको बजेटवाट भई रहेको निर्माण कार्यको अनुगमन समेत गरिएको थियो ।

मेयर मण्डल, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यद्वय अनिल महासेठ र रमण सिंह लगायतले अनुगमन गरेका थिए ।

Comment


Related News

Latest News

Trending News