अपडेट 
२०७७ फाल्गुन २३, आईतवार १६:३५

सप्तरी, राजविराज, २३ फागुन ।
१७ वर्षअघि हत्या घटना तथा नौं महिना अघि जबरजस्तीकरणी मुद्दाका फरार अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरि आइतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा कटुवा पेस्तोलसहित पक्राउ परेका दुई जनालाई पनि सार्वजनिक गरिएको छ । २०६० साल पुस ८ गते छिमेकी सुक्रुत सदाको छुरा प्रहरी गरि हत्या गरेर फरार रहेका सप्तरीको महदेवा गाउँपालिका ४ लोहजारा निवासी देवनारायण मण्डललाई घरमै लुकी बसेको अवस्थामा शनिबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन् । फुपुलाई ललाई फकाई लिई भागेको आक्रोसमा सदाको घरमै पुगेर खुकुरी प्रहार गरि हत्या गरेर फरार भएका मण्डल घरमै लुकिबसेको गोप्य सूचनाको आधारमा पक्राउ परेको डिएसपी भुवनेश्वर साहले जानकारी दिए ।

यस्तै गत जेठ २६ गते गाउँकै एक १५ वर्षिया किशोरीलाई बलात्कार गरि फरार रहेका विष्णुपुर गाउँपालिका ५ का ३५ वर्षिय मो. रहमुललाई पनि पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ ।
घरमै लुकिबसेको अवस्थामा आइतबार बिहान जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले रहमुललाई पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । जबरजस्तीकरणीबाट ती पीडित यूवतीमा गर्भसमेत बस्न गएको अनुसन्धानका क्रममा खुलेको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले बताए । सोही पत्रकार सम्मेलनमा कटुवा पेस्तोलसहित पक्राउ परेका दुई जनालाई पनि सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका ७ का २० वर्षिय महेश कुमार शर्मा र १९ वर्षिय प्रमोद साह छन् । शनिबार साँझ राजविराज ६ स्थित सखडा सडक खण्डमा चेकजाँचको क्रममा स.७प. ९६७० नम्बरको मोटरसाइकलमा सवार उनीहरुका साथबाट प्रहरीले कटुवा पेस्तोल एक थान र सोमा प्रयोग हुने दुई थान गोली बरामद गरेको छ ।
पक्राउ परेका शर्मा ३ वर्ष अघि पनि एक थान कटुवा पेस्तोल र ३ थान गोलीसहित पक्राउ परेका थिए । हातहथियार खरखजाना मुद्दामा एक वर्ष कैद भुक्तान गरि हालै रिहा भएका उनी फेरी त्यस्तै प्रकृतीका मुद्दामा पक्राउ परेका हुन् ।

पक्राउ परेका मध्ये फरार अभियुक्त दुई जनालाई आइतबारै अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको छ भने कटुवा बन्दुकसहित पक्राउ परेका दुई जनालाई अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News