अपडेट 
२०७७ फाल्गुन २४, सोमबार ०७:३७

जनकपुरधाम । पोखरामा जारी अन्तर क्लब टी–२० क्रिकेट लिगको सेमिफाइनलमा जनकपुरले आयोजक सुपर जनरल पोखरासंग प्रतिस्पर्धा गर्ने भएको छ ।

दोश्रो सेमिफाइनलमा आयोजक सुपर जनरल पोखरा र जनकपुर क्रिकेट क्लब भिड्दै छन् । समुह ‘बी’ को अन्तिम खेलमा जनकपुरले मिक्समाण्डु क्लब काठमाण्डुलाई ५ विकेटले पराजित गरेका थिए । जनकपुरले समूहमा ६ अंकका साथ शिर्ष स्थान कायम गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । जनकपुरले समूहका तीनवटै खेलमा शतप्रतिशत नतिजा निकाल्दा समुहमा दोश्रो स्थान कायम गर्दै सेमिफाइनल पुगेको पेलिगेण्ट्सले २ खेलमा जित हासिल गर्दै ४ अंक बनाउन सफल भएको हो । लिगको अन्तिम खेलमा टस जितेर व्याटिङ गरेको मिक्समाण्डुले पूरा २० ओभरमा ९ विकेट गुमाएर ९०रन मात्रै बनाउन सफल भएको छ । मिक्समाण्डुको तर्फबाट शुव कंशाकारले २८, रिजन थापाले १७ तथा सचिन अधिकारीले १४ रन बनाए । जनकपुरका बलरहरु शोभाकान्त पाण्डे ३ तथा राहुलप्रताप सिंह र विशाल सुस्लिङले २/२ विकेट लिए । ९१ रनको लक्ष्य लिइ व्याटिङ गर्न उत्रेको जनकपुरले १८.२ ओभरमा मात्रै ५ विकेट गुमाएर जित निकाल्यो । म्यान अफ द म्याच भएका जनकपुरका राहुल प्रताप सिंहले ३३ रन जोडे भने विक्रान्त यादवले २७ रनको पारी खेलेका थिए । एक सातादेखि पोखरा रंगशालामा जारी खेलेको सेमिफाइनल खेल सोमबार र दोश्रो सेमिफाइनल खेल मंगलबार हुने प्रतियोगिताका निर्देशक विधान श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा क्रिकेट एशोसिएसन अफ चितवन र पेलिगेण्ट्स क्रिकेट क्लव भिड्ने भएका हुन् ।

Comment


Related News

Latest News

Trending News