![](https://ejanakpurtoday.com/wp-content/uploads/2021/03/aaglagi.jpg)
भारतको कोलकत्तामा भीषण आगलागी हुँदा नौं जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चार जना फायर फाइटर्स, एक जना प्रहरी, एक जना रेलवे प्रोटेक्सन फोर्सका जवान र एक जना रेल कर्मचारी रहेका छन् भने बाँकी दुई जनाको पहिचान खुल्न नसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भवनको १३ औं तलामा आगलागी भएको हो । आगलागीको कारण अहिलेसम्म खुल्न नसकेको एएनआइले जनाएको छ ।