अपडेट 
२०७७ फाल्गुन २६, बुधबार ०७:०२

सम्सी(महोतरी) । सम्सी गाउपालिका–२ का नथुनि मोमिन मंगलबार गाउपालिका कार्यालयबाट अपांङ्गता कार्ड प्राप्त गरे । कार्ड पाउदा मोमिन दंग थिए ।

३ वर्ष देखि गाउपालिका कार्यालय धाउदा थकित भएका मोमिन कार्ड पाएपछि समाजिक सुरक्षा भता पाउने भएका कारण दंग दिए । सम्सी गाउपालिका वडा नं. २ का ३० जनालाई एकै साथ बुधबार अपांङ्गता कार्ड गउपालिकाकी उप प्रमुख नगिना देवी र प्रमुख प्रशासकिय अधिकृत मो.मोहिबुल अन्सारीले बितरण गरे । कर्मचारी अभावमा ३ वर्ष देखि बितरण हुन नसकेको गाउपालिकाले १ सय १२ जनाको कार्ड तयारी गरी बितरणको चरणमा रहेको छ । अपांङ्गता कार्ड संगै सम्सी गाउपालिकाको अन्य काम पनि गति लिएको छ । एक वर्ष देखि बितरण हुन नसकेको समाजिक सुरक्षा भता पनि बितरण गरिएको छ । कर्मचारी अभावमा अलपत्र परेको गाउपालिकाबाट ३ वर्ष देखि बितरण हुन नसकेको बालपोषण, दिवा खाजा र अधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालन लगायतका काम पछिल्लो एक महिना यता प्रक्रिया अगाडी बढायएको प्रमुख प्रशासकिय अधिकृत मो.मोहिबुल अन्सारीले बताए । अनुदानमा अधारभुत स्वास्थ्य सेवाको बजेट ३ वर्ष देखि फिर्ता हुदै आएको १५ लाख रुपैया यस वर्ष देखि कार्यान्वयन भएको छ । सम्सी गाउपालिकाको वडा नं. १, वडा नं. ४ र वडा नं. ६ मा अधारभुत स्वास्थ्य सेवकेन्द्र स्थापना गरी कर्मचारी भर्ना गरीएको छ । सम्सी गाउपालिकाले परसा देवाड स्वास्थ्य चौकीको स्तरउन्नती गरी १५ वेडको अस्पताल निर्माणकालागि २ बिग्हा १९ कठ्ठा जग्गा उपलब्ध गराएर डीपीआर प्रीक्रयामा अगाडी बढाइएको प्रमुख प्रशासकिय अधिकृत अन्सारीले बताए । प्रक्रिया अगाडी बढन नसक्दा फ्रिज हुन लागेको विद्यार्थीको दिवा खाजा सुरु गरीएको छ ।

व्यवस्थित भवन नहुदा एउटै टेबलमा तीन शाखा सञ्चालन गर्नु पर्ने बाध्यताका बिच सम्सी गाउपालिकाले विवादित र प्रभावित सेवा कार्यान्वयन प्रक्रिया अगडाी बढाउदै गाउपालिकाको आफनै प्रशासकिय भवन निर्माणकालागि आवश्यक जग्गा खरिद गर्न ४० लाख बजेट छुट्याएर प्रक्रिया अगाडीबढाइएको छ । गाउपालिकामा बिगत र गत आर्थिक वर्षको बाकी भुक्तानिका कारण दिन्हु विवाद हुदा काम गर्न समस्या भएको प्रमुख प्रशासकिय अधिकृत अन्सारीले बताए । कोराना संक्रमितकालागि बनाइएको क्वरेन्टाइन व्यवस्थापनमा खर्च भएको रकम भुक्तानि हुन नसक्दा समस्या थपिएको उनले बताए । सम्सी गाउपालिकाको वडा नं. २ को क्वारेन्टाइन खर्च ४५ लाख र वडा नं. ६ को २१ लाख खर्च भुक्तानि हुन सकेको छैन, अन्सारीले भने,‘खर्च त यथार्त नै हो । हामिले पनि खर्च भएका देखेका छौ । तर, खर्च गर्न तत्कालिन प्रशासकिय अधिकृत रामजी जोशीले कार्यदेश दिएको छैन । कार्यदेश बिना भएको खर्चको भुक्तानि गर्न गाह्रो भएको छ ।’ उधारो खर्च गर्ने व्यक्तिलाई हुने दिन्हु ताकेताका कारण गाउपालिकामा दिन्हु भइरहेको विवाद समधान गर्न उच्च स्तरमा प्रयास गरी रहेको छु, उनले भने ।

नेपाल भारतीय सिमासंग जोडिएको सम्सी गाउपालिकामा आउने प्रशासकिय अधिकृत र जनप्रतिनिधि बीच तालमेल नमिल्दा लामो समय सम्म विवाद हुदा विकास निर्माण र कार्यालयबाट प्रदान गरिने दैनिक सेवा प्रभावित भएको थियो । गाउपालिकाका पशु विकास अधिकृत अन्सारीलाई प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी पाएपछि गाउपालिकाको काम नियमित रुपमा सुचारु भएको छ । कार्यालयको सेवा संगै अन्य गतिविधि तिब्र रुपमा अगाडी बढेको छ । उच्च अदालत जनकपुरले पाचौ गाउ सभा बदर गरेपछि गाउपालिकाका जनप्रतिनिधि एक जुट भएर पुनः संशोधित गाउ सभा पारीत गरेर विकास निर्माणको काम प्रक्रिया अगाडी बढाइएको छ ।

Comment


Related News

Latest News

Trending News