अपडेट 
२०७७ फाल्गुन २६, बुधबार ०७:१०

जलेश्वर । महोत्तरीलाई सबैले तराईका समतल र सुलभ जिल्लाको रुपमा बुझिन्छ । तर महोत्तरीमै अधा दर्जन गाउँहरु यस्ता छन्,जहाँ अहिले सम्मको कम्युनिकेशन(दुरसञ्चार) अझै पुग्न सकेको छैन ।

महोत्तरीको वर्दिवास नगरपालिकाको वडा नम्बर १० र ११ अन्तर्गत पर्ने पुर्व शिर, झयाउरे, तिनतले, आँपटार, झालुझोरा, बेलताल, गुलेखरक, आन्नद डाँढाका वासिन्दाले अहिले सम्म दुरसञ्चारको सेवा पाउन सकेका छैनन् । यि गाँउहरुमा हजारभन्दा बढि घरधुरी छन् । हुन त चुरे क्षेत्रका पर्ने यि गाउँहरुका जाने सहज बाटोपनि छैन । तर स्थानीयहरुले तत्काल सडकभन्दा आफुहरुलाई दुरसञ्चार आवश्यकरहेको बताउँछन् । ‘यो क्षेत्रमा बाटो बनाउन सहज छैन । यसको लागि ठुलो वजेट र लामो समय चाहिन्छ, झयाउरेका स्थानीय मिलन मोस्ताङले भने,‘ गाडी चल्ने सडकबाटो नहुदाँ पनि हामी जसोतसो काम चलाई रहेका छौ । तर मोवाईलका नेटर्वक नहुदाँ घरमा हुदाँ वाहिर गएका आफ्न्त वा वाहिरकालाई घरको अवस्थामा वारेका थाहा हुदैन । हामी सबै एकअर्कासँग महिनौ सम्र्पक विहीन रहनुपर्ने वाध्यता हुन्छ ।’ ‘फेरि यहाँ मोवाईलको नेटर्वक राख्ने बढि खर्चपनि पर्दैन,न त बढि समय नै पर्खिनुपर्छ, उनले भने,‘ पहाडका जिल्लाहरुको एकादुका घर भएका ठाउँमा पनि दुरसञ्चार पुगेको छ । तरहामी तराईका जिल्ला भएरपनि वर्षोदेखि विभिन्न निकायसँग दुरसञ्चारको लागि ताकेता गर्दा पनि अहिले सम्म कुनै सुनवाई भएको छैन ।’ २०२८ सालदेखि नै झ्याउरेमा बसोवास गर्दै आएको ६५ वर्षिय शोकलाल थिङकले भने, यो जिल्लाकै दुर्गम स्थान हो । त्यस हिसावले पनि यहाँ दुरसञ्चार आवश्यक छ ।

’ स्थानीय श्री लक्ष्मीनियाँ माध्यमिक विद्यालयमा कार्यरत शिक्षक बिल्टु अन्सारीका अनुसार २०७३ सालमै स्थानीय चनौटे भन्ने स्थानमा दुरसञ्चार राख्ने तयारी भएको थियो । दुरसञ्चालनका लागि बनाईएको भवनमा स्थानीयले श्रमदान पनि गरे । तर भवन भएरपनि त्यसमा दुरसञ्चारको टावर लगाउने काम भएन । अहिले ति भवन त्यस्तै खालि परेको छ ।

Comment


Related News

Latest News

Trending News