अपडेट 
२०७७ फाल्गुन २६, बुधबार ०७:१३

जनकपुरधाम ।जनकपुरधामको रामजानकी हस्पिटलले पुनः एक अति विपन्न गरिव परिवारलाई उद्धार गरेको छ ।

हस्पिटलले नाजुक अवस्थामा रहेको वच्चालाई गरेको उपचार वापतको सम्पुर्ण रकम अभिभावकले तीर्न नस्कदा उनलाई निशुल्क डिस्चार्ज गरि उद्धार गरेको हो । अस्पतालले मंगलवार गरेको पत्रकार सम्मेलनमा जानकारि दिदै अस्पतालका फाउण्डर विकास चन्द्र गुप्ताले ७० हजार भन्दा बढि रहेको वच्चाको उपचार खर्च अभिभावकले तीर्न नसक्ने अवस्थामा रहेको र उनले आफु गरिव भएकोले शुल्क मिनहा गरिदिन अनुरोध गरेपछि बोर्डको वैठकले उपचारमा लाग्ने सम्पुर्ण खर्च मिनहा गरेको वताए । धनुषाको विदेह नगरपालिका वार्ड नं ३ कर्माही टोलका बजरंगी ठाकुरले शुक्रवार निकै नै नाजुक अवस्थामा रहेको आफनो १ वर्षिय वच्चा भरोसी ठाकुरलाई रामजानकी हस्पिटलमा भर्ना गराएका थिए । अस्पतालले वच्चाको अवस्था हेरेर तुरुन्त एनआइसीयुमा भर्ना गरेको थियो ।

अस्पतालका फाउण्डर गुप्ताका अनुसार कोल्ड फिवर,व्रेथिगं फास्टट,चेस्टमा खरावीका कारण सिकिस्त अवस्थामा रहेको वच्चालाई अस्पतालमा कार्यरत चिकित्सकहरुले लागतार उपचार गरेपछि मंगलवार बच्चाका अवस्थामा सुधार भएपछि वच्चालाई पेडीयो वार्डमा ल्याइएको छ । यता बच्चाको अवस्था सुधार भएपछि अस्पतालको विल चुक्ता गर्नका लागि वच्चाका अभिभावक ठाकुरलाई भन्दा उनले आफु निकै नै गरिव रहेको र यति रकम तीर्न नसक्ने र यसका लागि अस्पतालका तर्फबाट पहल गरिदिनका लागि भनेपछि अस्पतालको वोर्ड वैठकले वच्चामा लागेको सम्पुर्ण उपचार खर्च मिनहा गरिएको छ । रामजानकी हस्पिटलले यसभन्दा पहिले पनि गरिव तथा अति विपन्न विरामीलाई निशुल्क उपचार गर्दै आएको छ ।

Comment


Related News

Latest News

Trending News