अपडेट 
२०७७ फाल्गुन २६, बुधबार ०७:१६

कलैया । निजगढ नगरपालिका– ९ बुद्ध चोकका एक जनालाई हत्या गर्नेलाई प्रहरीले पक्राउ गरेका छन् । निजगढ नगरपालिकाका १८ का कालु भनिने रोहित शर्मालाई चक्कु प्रहार गरि घाटी रेटी हत्या गर्ने ब्यतिmलाई प्रहरीले सार्वजनिक गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयले मंगलवार पत्रकार सम्मेलन गरि शर्माको हत्यरा चन्द्रपुर नगरपालिका–४ घर भई निजगढ बुद्धचोकमा घर बनाई बसोबास गरिरहेका अरुण कुमार साहलाई सार्वजनिक गरिएको हो । शर्मा एक्लै घरमा सुती रहेको अवस्थामा अरुणले चक्कु प्रहार गरि घाटी रेटी हत्या गरेको स्वयमले स्वीकार गरिसकेको पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले जानकारी दिए । पुरानो रिसवी र लागुऔषध सेवन गर्दा पटक पटक झगडा हुने गरेका हुँदा एवम मृतकले मलाई सधै अपमानित गर्दै पेस्तौलले मारी दिन्छु भन्दै गरेको हुँदा आफुले शर्मालाई मारेको अरुणले प्रहरीलाई ब्यान दिईसकेको प्रहरी उपरिक्षक शाहीले जानकारी दिए । घटनामा प्रयोग गरिएको कपडाहरु पाईन्ट, ज्याकेट, अरुणको चन्द्रपुरमा रहेको घरमा पाउनुको साथ साथै प्रयोग गरेको चक्कु, मोटरसाईकल समेत बरामद भएपछि उनलाई उनकै किराना पसलबाट नै पक्राउ गरिएको प्रहरी प्रवmता गौतम मिश्रले जानकारी गराए । फागुन २४ गते देखि शर्माको घरमा बसी रहेका अरुणले फागुन २५ गते बिहान ४ बजेको समयमा हत्या गरि चन्द्रपुरमा गई हत्यामा प्रयोग गरिएको सबै कपडाहरु फुकाली आफनो किराना पसलमा बसीरहेको अवस्थामा नै प्रक्राँउ भएको थियो प्रवतmा मिश्रले भने ।

निजलाई कर्तब्य ज्यान सम्बन्धी मुदामा थप अनुसंन्धान भईरहेको प्रहरीले जनाएको छ । साहले रिसवीका कारण हत्या गरेको भनिए पनि हत्याको कारण के हो भन्ने अझै खुल्न बाकी रहेको प्रहरी प्रवतmा मिश्रको कथन रहेको छ ।

Comment


Related News

Latest News

Trending News