अपडेट 
२०७७ फाल्गुन २६, बुधबार ०७:२०

सर्लाहीको चन्द्रनगर गाउँपालिका कार्यालय सार्न खोज्दा उत्पन्न विवादले गाउँपालिका कार्यालय ठप्प भएको छ ।

चन्द्रनगरमा रहेको केन्द्र बबरगंजमा सार्न खोज्दा स्थानियले गाउँपालिका कार्यालयमा तालाबन्दी गरी बिरोधमा धर्ना बस्दा कार्यालयको कामकाज तीन दिनदेखि ठप्प छ । गाउँपालिकाका अध्यक्ष महेन्द्र महतो लगायतले चन्द्रनगरमा रहेको केन्द्र बबरगंजमा सार्ने षडयन्त्र गरेको बिरोधमा चन्द्रनगर, कामत, खड्काटोल, लोदुवा, नाढी लगायत गाउँका स्थानिय शुक्रबारदेखि गाउँपालिका कार्यालयमा तालाबन्दीगरी धर्ना दिएका छन् । गाउँपालिकाको सबैभन्दा बढी आन्तरिक आम्दानी हुने एवं ऐतिहाँसिक स्थल नाढिमन ताल छेउमै रहेको कार्यालयलाई अध्यक्ष महतोले आफ्नै घर रहेको बबरगंजमा सान स्थानिय बताउछन् । चन्द्रनगर–७ का वडा सदस्य रामस्वरुप चौधरीले गाउँपालिका कार्यालय बबरगंजमा सार्नका लागि विशेष गाउँसभामा सहभागि भई सहमति जनाए आफूलाई दुई लाख रुपैंया दिने प्रलोभन देखाईएको तर आफूले नमानेको दाबी गरे । त्यस्तै ४ नम्बर वडाका वडाध्यक्ष जगदिस साहले आफूलाई गाउँपालिका कार्यालय सार्नका लागि आव्हान गरिएको विशेष गाउँसभामा सहभागि हुनका लागि अपहरण नै गर्ने तयारी गरिएपनि आफूले प्रतिकार गरेको र गाउँपालिका अध्यक्ष महतोको उक्त कार्य सफल हुन नसकेको बताउछन् । शनिबार राती अबेरसम्म चलेको विशेष गाउँसभामा दुई तिहाई बहुमत नपुगेपछि गाउँपालिका कार्यालय सार्ने निर्णय हुन सकेन ।

गाउँपालिका अध्यक्ष महेन्द्र महतोले विशेष गाउँसभामा दुई तीहाई बहुमत नपुगेका कारण तत्काललाई गाउँपालिकाको केन्द्र सार्ने निर्णय हुन नसकेको बताए । ३९ जना गाउँसभा सदस्यमध्ये कम्तिमा २६ जनाले सहमति जनाए मात्र केन्द्र सार्न सकिन्छ । दुई तिहाइ मचले केन्द्र सार्न सक्ने व्यवस्था छ । गाउँपालिका कार्यालय सार्न खोजेको भन्दै आक्रोशित स्थानीयको विरोध प्रदर्शनका कारण शुक्रबार दिउँसो चन्द्रनगर गाउँपालिका अन्तर्गत चन्द्रनगर बजार क्षेत्र तनावग्रस्त बनेको थियो । हाल वडा नं. ७ नाढिमन ताल छेउमा रहेको गाउँपालिका कार्यालय वडा नं. २ बबरगंज सार्न खोजेको भन्दै वडा नं ६ र ७ का बासिन्दाले शुक्रबारदेखि गाउँपालिका कार्यालय भवन तथा चन्द्रनगर बजारमा जम्मा भएर विरोध प्रदर्शन गरिरहेका छन् । केन्द्र सार्ने विषयमा नेपाली कांग्रेस र नेकपाका कार्यकर्ताहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन् ।

Comment


Related News

Latest News

Trending News